उद्योग वाणिज्य महासंघद्वारा मन्त्रिपरिषदको निर्णय स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मन्त्रिपरिषदबाट भएको निर्णयको स्वागत गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै महाहासंघले दिएको सुझाव अनुसार सरकारले न्यायिक आयोग गठन गर्ने तथा तत्काल लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिने भनि गरेको निर्णयको स्वागत गरेको जनाएको छ । 'विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद टुंगोमा नपुग्दै उद्योगहरुको विद्युत लाइन काटिएपछि सिर्जित समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले तत्काल लाइन जोडि यस सम्बन्धि विवाद निरुपणका लागि न्यायिक आयोग गठन गर्न माग गरे बमोजिम सरकारले न्यायिक आयोग गठन गरि तत्काल लाइन जोडन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । महासंघ मन्त्रीपरिषदबाट भएको यस  निर्णयको स्वागत गर्दै सरकारलाई धन्यवाद दिन चाहन्छ,' महासंघ द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।  साथै तत्काल काटिएको लाइन जोडि उद्योगहरुले निर्वाध रुपमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लगायत सम्बन्धित सम्पूर्णमा महासंघ हार्दिक अपील समेत गरेको छ ।  गत भदौ २५ गते  प्रधानमन्त्री पुष्पकमल दाहालसंग निजी क्षेत्रले भेटेका थिए । उक्त भेटमा  प्रधानमन्त्रीले लाइन नकाट्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए । तर पछिल्लो समय प्राधिकरणले एकपछि अर्को गर्दै विद्युतको लाइन काट्न थालेको थियो ।  विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको बिषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच मत भिन्नता छ । जसले गर्दा धेरै समयदेखि यो बिषय अल्झिएको छ ।  उद्योगीहरु डेडिकेटेड र ट्रंकलाइनको उपभोगको प्रमाण अनुसार (टिओडी मिटरको आधारमा) तिर्नुपर्ने रकम तिर्न तयार रहेको वताउँदै आएका छन् । यसबारे कानुनसम्मत रुपमा कुनै उद्योगले तिर्नुपर्ने देखिन्छ भने उक्त उद्योगले भुक्तानी गर्नुपर्छ भने नतिर्नु पर्ने देखिएमा जबरजस्ती भुक्तानीका लागि वाध्य गर्न नहुने महासंघको भनाइ रहदै आएको छ । सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा यस बिषयलाई टुंगोमा पुर्‍याउन एक उच्चस्तरिय अधिकारसम्पन्न न्यायिक आयोग स्थापना गनुपर्ने महासंघले शुरुमै माग गरेको र सोही अनुसार न्यायिक आयोग गठन भएकाले दीर्घकालीन समाधान हुने अपेक्षा महासंघको छ । नवगठित आयोगले विगतमा भएका अध्ययन, अहिलेको अवस्था, बिजुली उपभोग गरेको प्रमाण आदिको अध्ययन गरि निष्पक्ष समाधानको राय दिनेमा महासंघ विश्‍वस्त रहेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ।

उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले बजेटको आलोचना गरेनन् : ओली

१२ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योगी, व्यवसायीको ढाड सक्नेगरी सरकारले बजेट ल्याउँदा पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संगठनहरूले बजेटको आलोचना र विरोध गर्न नसकेको भन्दै आलोचना गरेका छन् । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकअघि सो विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै […]

‘एमसीसी अन्तर्गतका परियोजना चाँडै कार्यान्वयन होस्’ : उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले एमसीसीको औपचारिक रूपमै स्वागत गरेको छ । महासंघले सोमबार अर्थात् संघीय संसदमार्फत एमसीसी पास भएको भोलिपल्टै एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको स्वागत गरेको हो । ‘प्रतिनिधिसभाको मिति २०७८ फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौता अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ स्वागत गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनि

बतासको बचाउमा बोल्यो उद्योग वाणिज्य महासंघ

३० पुस, काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो । ‘नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या […]

उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए […]

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्यका लागि सम्झौता भएको छ । सोमबार भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यी दुई क्षेत्रबीच बलियो सहकार्य हुन सकेमा मुुलुकले देखेको समृद्धिको सपना साकार पार्न सकिने बताउनुभयो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुदान […]

उद्योग वाणिज्य महासंघ र राष्ट्र संघबीच सहकार्य गर्ने समझदारी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्यूनिकरण र एसडीजी कार्यान्वयनमा सहकार्य भएको छ। महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलोबीच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको महासंघले जनाएको छ। उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमईबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकिङ सेवा सुंविधाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। विराटनगरमा सोमबार आयोजित एक कार्यक्रमबीच पहुँच नपुगेका साना ब्यवसायी, नयाँ लगानी गर्न युवा ब्यवसायी, अपाङ्गता भएका ब्यक्तिलाई प्राथमिकता राख्दै बैँकले सुविधा दिन सहमति गरेको हो। महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले सहमति अनुसार आवश्यक कागजात मूल्यांकनसंगै […]

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी

२५ पुस, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्ऽिय सदस्य बुटवलका व्यवसायी सुरेन्ऽ प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

२० पुस, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडमा भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले दाबेदारी प्रस्तुत गर्दै आएका थिए । तर अन्तिम समयमा घिमिरेपछि हटेपछि नयाँ समिति निर्विरोध निर्वाचित भएको हो […]