इलाम विमानस्थलमा माघदेखि नियमित उडान गर्ने तयारीमा नेवानि

२४ पुस, काठमाडौं । इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भएको छ । यसबारे सैद्धान्तिक सहमति भइसकेको र सोमबार मिति तय हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए । ‘१ माघदेखि सातामा एक उडान गर्ने भन्नबारे सहमति भएको छ,’ उनले भने, ‘कुन बार, कति बजे उडान हुने निश्चित गर्न सोमबार नेवानिका […]

सम्बन्धित सामग्री

यसरी गरियो पोखरा विमानस्थलमा ‘अलर्ट वान’ अभ्यास (तस्बिरहरु)

पोखरा – पोखरा विमानस्थलमा आपतकालिन उद्धार अभ्यास गरिएको छ। जसलाई ‘अलर्ट वान’ अभ्यास भनिन्छ। विमानस्थल परिसरबाट ४ किलोमिटर परसम्म हुने हवाई दुर्घटना ‘अलर्ट वान’मा पर्छ। क्यालिब्रेसन फ्लाइट सकेर नियमित उडानको तयारीमा रहेको पोखरा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालिन उद्धार अभ्यास गरिएको हो। जनवरी १ देखि विमानस्थलबाट नियमित उडान भर्ने तयारी छ। विमानस्थल सञ्चालनमा आइसकेपछि हुन सक्ने […]

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल : दशैंसम्ममा दैनिक १० उडानको लक्ष्य

काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतम बुद्धबाट आउँदो दशैंसम्ममा दैनिक १० ओटा उडान गर्ने लक्ष्य राखिएको छ । जेठ २ गते व्यावसायिक उडानको उद्घाटन गर्ने तयारी रहेको यो विमानस्थलमा विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीले चासो देखाएसँगै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले यस्तो लक्ष्य अघि सारेको हो ।  आयोजनाका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग भैरहवास्थित विमानस्थल कार्यालयमा छलफल भएको जानकारी दिए । उनीहरूले देखाएको सक्रियता र चासोले गर्दा दशैंअघि नै यो विमानस्थलबाट दैनिक १० उडान गर्ने लक्ष्य राखिएको उनले बताए । यो विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडानका लागि कुवेतको वायुसेवा कम्पनी जजिराले अनुमति पाइसकेको छ । यो एयरलाइन्सले साताको सोमवार, बुधवार र शुक्रवार नियमित उडान गर्ने गरी अनुमति पाइसकेको छ । जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रूपमा व्यावसायिक उडान उद्घाटन गर्ने कार्यक्रम छ । ‘सोही दिन विहान जजिराको जहाज १७० यात्रु बोकेर विमानस्थलमा अवतरण गर्नेछ,’ दाहालले भने, ‘कुवेतमा नेपालीको संख्या कम भए पनि त्यहाँ अमेरिका, क्यानडा लगायत देशको ट्रान्जिट रूट पर्ने भएकाले यात्रुको समस्या हुँदैन ।’ यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान प्रारम्भिक चरणमै रहेकाले जजिराबाहेक अन्य वायुसेवा कम्पनी पनि आउने तयारीमा रहेको उनको भनाइ छ । उनका अनुसार थाइल्यान्डको एरो थाई, भियतनाम, कम्बोडियाका साथै मलेशिया, फ्लाई दुबई, एयर चाइना र एयर इन्डियाका अधिकारीहरुसँग पनि छलफल भएको छ । स्वदेशी कम्पनी नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सका अधिकारीसँग पनि छलफल भएको उनले बताए । उक्त विमानस्थलमा अहिले भन्सार, अध्यागमन र बैंकका शाखा स्थापना भइसकेका छन् । ‘व्यावसायिक उडानका लागि हामी २ गतेको प्रतीक्षामा छौं,’ दाहालले भने, ‘आन्तरिक कनेक्टिभिटीलाई पनि उत्तिकै प्राथमिकतामा राखिनेछ ।’ निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरासमेतलाई आधार बनाएर उडान गर्दै आए पनि अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नै आन्तरिक र बाह्य उडानको आधारको रुपमा छ । विमानस्थलले एरोड्रम प्रमाणपत्र पनि पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने यो प्रमाणपत्रले अन्तरराष्ट्रिय उडानका लागि थप सहयोग गर्नेछ । यो विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक गन्तव्यहरू पोखरा, सुर्खेत, धनगढी जस्ता क्षेत्रको उडान प्राथमिकतामा राखिएको उनले बताए । बुद्ध सर्किट, खाडी मुलुक जाने बहुसंख्यक नेपालीहरू यो विमानस्थलबाट जाने र लुम्बिनी प्रदेश, गण्डकी, कर्णालीलाई पनि लक्ष्य गरिने उनको भनाइ छ ।  गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गत फागुनमा क्यालिब्रेशन उडान गरिएको थियो । परीक्षण उडान वैशाखमा गरिएको थियो । २०७१ सालमा निर्माण शुरू भएको यो विमानस्थल ७ वर्षमै सम्पन्न भएर सञ्चालनमा आउँदै छ । जेठ २ गते नै लुम्बिनी विकास कोषको ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ पनि उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त हलको उद्घाटन गर्ने कार्यक्रम छ । बुद्ध जयन्तीको अवसर पारेर मोदी लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ । मोदी आउने भएपछि बुधवार नै भारतीय सेनाको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको दाहालले जानकारी दिए ।

जहाज स्वागत गर्ने तयारीमा बलेवा विमानस्थल (फोटो फिचर)

बागलुङको बलेवा विमानस्थलमा धमाधम कालो पत्र भइरहेको छ । नियमित सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई यो विमानस्थलले काठमाण्डौसम्म जोड्ने छ ।  बलेवा क्षेत्रका स्थानीयले श्रमदानबाट थालेर २०१६ देखि २०१८ सम्ममा विमानस्थलको मैदान बनाएका थिए । यो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाण्डौ, पोखरा र भैरहवाका नियमित उडान भैरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको थियो । नियमित जहाज सञ्चालनमा आए  काठमाण्डाैदेखि बलेवासम्म ४५ मिनेटमा पुग्न सकिन्छ भने पोखरा हवाई मार्गबाट बलेवा पुग्न ...

कान्छो विमानस्थलबाट नियमित उडानको अन्तिम तयारी

माघ । आउँदो फागुन ८ गतदेखि इलाम–काठमाडौं नियमित उडान–अवतरणको तयारीमा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर विमानले बुधबार परीक्षण उडान गरेको हो । पहाडी इलाकामा निर्मित सबैभन्दा कान्छो फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा काठमाडौंबाट ५५ मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले बताउनुभयो । जहाज बिहान […]

बलेवा विमानस्थलमा चैतदेखि नियमित उडान

बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले…