रसुवाको ट्राउट माछा दार्चुलासम्म विस्तार

साउन ११, रसुवा । उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ ।  रसुवामा माछापालन गर्ने किसानको संख्यामा कमी आएसँगै रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञानसमेत प्रदान गरी दार्चुलालगायतका जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो ।  विसं २०७१ देखि यहाँ स्थापना भएको मत्स्य अनुसन्धान केन्द्रले जापानी रेन्बो ट्राउट उत्पादनका साथै चीनबाट ल्याइएका दानासेन र सुइकी वान नामक चिनियाँ माछाका भुरासमेत परीक्षण उत्पादन शुरू गरेको छ । त्रिशूली नदीको पानी प्रयोग गरी उक्त केन्द्रले धुञ्चेस्थित इमरुङ क्षेत्रमा लाखौँ माछाका भुरा उत्पादन गरिरहेको छ तर स्थानीयस्तरमा पालन गर्ने किसानको संख्या भने पाँच जनामा मात्रै सीमित रहेपछि अन्य जिल्लामा समेत आफ्नो कार्यथलो विस्तार गरेको मत्स्य प्राविधिक बताउँछन् ।  विसं २०७२ को विनाशकारी भूकम्पले अधिकांश माछाका पोखरी क्षति पु¥याएपछि आर्थिक समस्याले पोखरीको पुनर्निर्माण हुन नसक्दा रसुवाका विपन्न किसानलाई पालनको व्यवस्थापनमा समस्या पर्न थालेको हो । आर्थिक अवस्था कमजोर भएको र क्षतिको मूल्याङ्कन गरी राहत दिने एवं सुनुवाइ गर्ने निकायको अभाव भएपछि चाहना हुँदाहुँदै माछापालनमा लगनशीन हुन नसकेको किसानले गुनासो गरेका छ । माछा भुराको उत्पादन एवम् प्राविधिक ज्ञानबाहेक पूर्वाधार निर्माणको काम गर्न नसक्ने भएका कारण मत्स्य केन्द्रले पालनको सूचीकृत भएका अन्य जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बताइन्छ । रेन्बो ट्राउट माछाका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न ५५ जिल्लामा उपयुक्त प्रमाणित गरेका कारण कृषकको चाहनाका आधारमा कार्यक्षेत्र फराकिलो पार्दै लगिएको उक्त केन्द्रका प्रमुख महेन्द्र भण्डारीले जानकारी दिए । माछाको लागि वैज्ञानिक संस्था भएका कारण किसानको चाहना एवम् मागअनुरूप भौगर्भिक अवस्था, पानीको उपयोगिता तापक्रमसमेतको अध्ययन र तालिमसमेतको प्राविधिक ज्ञान प्रदान गरी कार्यक्षेत्र विस्तार गरिँदै लगिएको छ । दार्चुलाका साथै गुल्मी, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा र नुवाकोट जिल्लामा समेत कार्यथलोका रूपमा विस्तार भइसकेको मत्स्य प्राविधिक विशेष कोइरालाले बताए । माछापालन गर्ने इच्छा देखाई सीप लिन आउने किसानलाई आफ्ना प्राविधिकको साथमा सात देखि २१ दिनसम्म प्रशिक्षण दिने गरिएको छ ।  हिमाली क्षेत्र चिसो स्थान भएका कारण ज्ञान सिक्ने किसानलाई केन्द्रको हाताभित्रै बसोबासको व्यवस्था मिलाइएकाले बिहानदेखि बेलुकासम्म सीप हासिल गर्न सहज भएको छ । रेन्बो ट्राउट माछाबाट लाभ लिन २०० ग्रामसम्मको वजन हुनुपर्ने र यसको हुर्कने अवधि भने आठदेखि १३ महिनासम्म लाग्ने प्राविधिक कोइराला बताउँछन् । हालसम्म जापानी ट्राउटको भालेपोथीको बिजारोपण गराई उत्पादन गराउँदै आएकामा चिनियाँ जातसमेत आनुवंशिक सुधारका लागि विभिन्न देशबाट बिज आयात गरी प्राविधिक विस्तार गर्ने लक्ष्य लिइएको सो केन्द्रले जानकारी दिएको छ । एउटै वंशको भन्दा अर्को वंशसँग मिश्रण गराउँदा छिटो बढ्ने र धेरै उत्पादन लिन सकिन्छ कि भन्ने सोचाइका साथ परीक्षण गर्न लागिएको प्रमुख भण्डारीले बताए । दानासेन एवम् सुइकी जात माछापालन गर्न चाइना नेपाल कोअपरेशन परियोजनामार्फत रसुवागढी नाकाबाट आँखा उम्रेका माछाका अण्डा सहयोगस्वरूप निःशुल्क प्राप्त भएको छ । चिनियाँ प्रविधिको ज्ञान हस्तान्तरणका लागि एक जना चिनियाँविज्ञसमेत केन्द्रमा रहेको बताइएको छ ।  केन्द्रले ३९ ओटा पोखरी निर्माण गरेको छ । तीमध्ये भुरा पोखरी २४, हुर्काउला नौ एवं माउ पोखरी ६ ओटा रहेका छन् । कार्यालयसमेतको पूर्वाधार निर्माणमा हालसम्म करीब रू. ३० करोडभन्दा बढी रकम राज्यकोषले खर्च गरिसकेको बताइन्छ । गत वर्ष उत्पादन गरिएकामध्ये ४० हजार भुरा र ६४ हजार आँखा उम्रेका अण्डा कृषकसामु वितरण गरिएको उक्त केन्द्रका प्राविधिक बताउँछन् । रासस

सम्बन्धित सामग्री

कर्णालीमै पहिलो पटक ट्राउट माछा

कर्णालीमा पहिलो पटक ट्राउट माछाको व्यावसायिक पालन सुरु गरिएको छ। दैलेखको नारायण नगरपालिका –१० भवानीका किसान लोकबहादुर थापाले चिसो हावापानीमा हुने ट्राउट माछाको व्यावसायिक पालन सुरु गरेका हुन्।...

गँगटादेखि अक्टोपससम्ममा बाहिरियो १ अर्ब

एक वर्षको अवधिमा नेपालबाट ‘सी फूड’ आयातमै १ अर्ब ३५ करोड ७३ लाख रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार ‘समुन्द्री खान्की’मा अर्बौ रुपैयाँ बाहिरिएको हो ।आयात हुनेमा प्रसान्त महासागरमा मात्रै पाइने सलमान माछादेखि ट्राउट माछा, जिउँदा माछा, साल्मोनिडे माछा लगायतका छन् । यस्तै, आयात हुनेमा एन्चोभिस प्रजातिका माछादेखि माक्केरेल प्रजातिका माछासम्म रहेको विभागले जनाएको छ ।यसका साथै, माछाको फ्रोजन मासु, क्याटफिस, क्र्य

रुकुमपूर्वमा पहिलो पटक रेन्बो ट्राउट माछा पालन

रुकुम (पूर्व) : भूमे गाउँपालिका–१ लुकुममा रेन्बो ट्राउट माछा हुर्कंदै छन्। पहिलो पटकका माछा सबै मरे भने हाल दोस्रो पटकका माछा हुर्किरहेका छन्।सिद्धचौर मावि लुकुमका प्रधानाध्यापकसमेत रहेका रामबहादुर पुन मगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछा पालनको सुरुवात गरेका छन्। माछा पालनका लागि आवश्यक भौतिक संरचना तयार गरिसकेपछि पुनले पहिलो पटक गत वर्षको असारमा पालन सुरु गरेका हुन्। धेरै लगानी र मेहनत गरेर माछा पालन सुरु गरे तर, पहिलो पटकका माछा विभिन्न कारणले तीन महिना पछि सबै मरे। डेढ लाख

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा चार करोड लगानी गरेका थिए। मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो।...

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

२ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो । सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए । मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै […]

बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो ।  सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा  लगानी बढाउँदै गएका थिए । उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा रु चार करोड लगानी गरेका थिए ।  मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिँदै थियो । गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो । उनीहरु व्यवसायबाट विस

बाजुरा वीरेखोला झरनाको छेउमा ट्राउट माछा पालन

बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ। स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन्।...

मेलम्ची बाढी अपडेट : एक महिलाको मृत्यु, स्थानीयको बिचल्ली

सिन्धुपाल्चोक : मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी एक महिलाको मृत्यु भएको छ। हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ। मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए । बाढी विस्थापित मेलम्ची बजारका बासिन्दा स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाक

ट्राउट माछा पालनतर्फ कृषकको आकर्षण

गुल्मीको पूर्वी भागमा पर्ने कालीगण्डकी गाउँपालिकाका कृषकहरुमा अहिले रेन्बो ट्राउट माछा पालनतर्फ आकर्षण बढेको छ । कालीगण्डकी गाउँपालिका –५ मा रहेको लुङ्गखोलाको सदुपयोग गर्दै त्यहाँका स्थानीयले ट्राउट माछा पालन सुरु गरेका छन् ।