काठमाडौं : यसपालिको विजयदशमी ‘हिले’ हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको हो।महाशाखाले दशैँका लागि विशेष मनसुन बुलेटिन जारी गर्दै असोज १८ गते नवमीदेखि मनसुनी वर्षा सक्रिय हुने जनाएको छ। महाशाखाका अनुसार हाल बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा देशभर वर्षाको सम्भावना देखिएको हो। नवमीका दिन प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका