राष्ट्रिय भूमि आयोग चितवनले पूर्णता पाएको छ । आयोगका तीन जना सदस्यले सपथ ग्रहण गरेसँगै पूर्णता पाएको हो । आयोगको सदस्यहरु निर प्रसाद लामिछाने, लक्ष्मीकान्त दवाडी र महिला सदस्य बिमला मगर नियुक्त भएका छन् । उनीहरुले आज एक समारोहका बीच पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनीहरुलाई आयोगका अध्यक्ष बद्री तिमिल्सिनाले सपथ ग्रहण गराएका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले अव्यवस्थित सुकुम्बासीको समस्या समाधान जटिल रहेको बता