बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ‘ई लाइब्रेरी’ स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ । शिक्षक दरबन्दी पुनरावलोकन, मिलान र विद्यालय ‘मर्जिङ’ वा ‘डाउन साइजिङ’ गर्ने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख मीनाकुमारी लामाले बताए । […]
अमेरिकाका प्रमुख नागरिक अधिकार समूहहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन्। सरकारले सङ्घीय शिशुस्याहार तथा पारिवारिक सहायता कोष रोक्न गरेको प्रयास विरुद्ध सो मुद्दा दर्ता गरिएको हो। अमेरिकन सिभिल लिबर्टिज युनियन, नेशनल वुमेन्स ल सेन्टर र नेशनल सेन्टर फर ल एण्ड इकोनोमिक जस्टिसले संयुक्त रूपमा सङ्घीय स्वास्थ्य तथा मानव सेवा विभाग […]
RajdhaniDaily.com | काठमाडौं । काठमाडौंको बौद्धस्थित माकलबारीमा खाजाघर सञ्चालन गर्र्दै आएकी एक महिलाले आत्मदाह प्रयास गरेकी छिन् । काभ्रेको तिमाल स्थायी घर भई बौद्ध बस्दै -
म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा लाखौँ समर्थकले भव्य स्वागत गरेका छन्। फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप चुमेको स्पेनिस टोलीको स्वागतका लागि म्याड्रिडका सडकमा करिब २० लाख प्रशंसक ओर्लिएका थिए। सोमबार म्याड्रिड आइपुगेका २६ खेलाडी र प्राविधिक टोलीले देशका राजा र प्रधानमन्त्री पेड्रो […]
काठमाडौँ । सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको मुद्रास्फीति दर १.९ प्रतिशत पुगेको छ । यातायात, बीमा र वित्तीय सेवाको लागतमा भएको वृद्धिका कारण अघिल्लो त्रैमासिकको १.६ प्रतिशतको तुलनामा मूल्यवृद्धिमा केही चाप देखिएको हो । मलेसियाली तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, यस अवधिमा बीमा तथा वित्तीय सेवाको मूल्यमा ५.२ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ […]