अमेरिकामा करिब ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । जस्टिस डिपार्टमेन्टले यसबारे जानकारी दिएको हो । सन् २००४ मा लिसा मोन्टग्यामेरीले मिसौसीमा एक गर्भवती महिलाको हत्या पश्चात्, उनको पेट काटेर बच्चा निकालेकी थिइन् । उनलाई ८ दिनपछि अर्थात् जनवरी १२ मा इन्डियानामा घातक सुई लगाएर मृत्युदण्ड दिइँदैछ । यसअघि अन्तिम पटक मृत्युदण्ड पाउने महिला बनेकी थिइन् बोनी हेडी । उनलाई सन् १९५३ मा मिसौरीमा ग्यास चेम्बरमा राखेर मृत्युदण्ड दिइएको डेथ पेनाल्टी इन्फर्मेशन सेन्टरले