बहुराष्ट्रिय कम्पनीले नेपालमा गर्ने कारोबारको निगरानी गर्दै सरकार

काठमाडौं। नेपालमा व्यापार, व्यवसाय गरिरहेका बहुराष्ट्रिय कम्पनीका कारोबारको सरकारले निगरानी गर्ने भएको छ । उनीहरूले गर्ने वास्तविक कारोबार र आम्दानीको निगरानी गर्न सरकारले ‘ट्रान्सफर प्राइसिङ’ लागू गर्न खोजेको छ ।  आन्तरिक राजस्व विभागका अनुसार बहुराष्ट्रिय कम्पनीले नेपालमा गर्ने व्यापार व्यवसाय, कारोबारको वास्तविक विवरणका आधारमा कर बुझाए/नबुझाएको यसबाट यकीन हुन्छ । उनीहरूको व्यवसाय र गर्ने कारोबारको तथ्यसहितको अभिलेख ‘ट्रान्सफर प्राइसिङ’ प्रणालीमा राखेर त्यसका आधारमा कर छली रोक्ने नीति लिइने विभागले जानकारी दिएको छ ।  आन्तरिक राजस्व विभागको नीति विश्लेषण शाखाका निर्देशक विमल सापकोटाले ‘ट्रान्सफर प्राइसिङ’को माध्यमबाट कराधार क्षयीकरण, मुनाफाको स्थानान्तरण तथा आयको खण्डीकरणबाट हुन सक्ने कर छली नियन्त्रण गर्न यस्तो खालको निगरानी गर्न लागिएको बताए ।  बहुराष्ट्रिय कम्पनीले नेपालमा शाखा स्थापना गरेर काम गर्ने क्रम पछिल्लो समय बढिरहेको छ । उनीहरूले मातृ कम्पनीसँग परामर्श, व्यवस्थापन र वस्तु खरीदजस्ता शीर्षकमा सेवा लिएर बजारमा प्रचलित दरभन्दा अस्वाभाविक बढी भुक्तानी गर्ने गरेको अधिकारीहरूको दाबी छ ।  एउटै मालिक वा साझा नियन्त्रणमा चल्ने व्यवसाय वा सहायक कम्पनी वा सम्बद्ध कम्पनीहरूले एकआपसमा वस्तु वा सेवा किनबेच गर्दा तिर्ने मूल्य ‘ट्रान्सफर प्राइस’ हो । यस्तो कारोबारमा कम्पनीले आफ्नै कुनै एकाइ, सहायक वा सम्बद्ध कम्पनीको नाफालाई नियोजित रूपमा घाटामा गएको देखाएर उसको कर दायित्व कम गर्न वा एउटा कम्पनीको नाफालाई अर्को एकाइ, सहायक कम्पनीमा सार्न सक्छन् । करको दर धेरै भएको देशमा कम्पनीले आर्जन गरेको नाफालाई करको दर कम भएको देशतिर सार्न पनि ‘ट्रान्सफर प्राइसिङ’ले सहयोग गर्छ । यसमा कम्पनीले कम्पनीभित्रकै कुनै एकाइ, शाखा वा सहायक/सम्बद्धलाई पैसा लिएर आफ्नो सेवा वा वस्तु बेच्छन् । यो बजारबाटै वस्तु वा सेवा किने जस्तै हो ।  ‘ट्रान्सफर प्राइसिङ’लाई मातृ कम्पनीको कर दायित्व घटाउन कम्पनीहरूले मुनाफा सार्ने कानूनी तकनिकी मानिन्छ । यो अभ्यासले कम्पनीहरूको कर खर्च घट्छ । राज्यले पाउनुपर्ने राजस्व पाउँदैन । करयोग्य आम्दानीको ठूलो अंश कम्पनीहरूले यसरी लुकाउने प्रवृत्ति बढ्दा पछिल्ला वर्षहरूमा विश्वका अधिकांश देश ‘ट्रान्सफर प्राइसिङ’मार्फत हुने कर छली नियन्त्रणमा लागेका छन् ।  यसबाट बहुराष्ट्रिय कम्पनीले नेपालमा गर्ने व्यापार व्यवसाय, कारोबारको वास्तविक विवरणका आधारमा कर बुझाए/नबुझाएको यकीन हुन्छ विभागका अनुसार ‘ट्रान्सफर प्राइसिङ गाइडलाइन’को मस्यौदा बनिसकेको छ । यसलाई कार्यान्वयनमा ल्याउने तयारी भएको निर्देशक सापकोटाले जानकारी दिए । ‘अन्तिम गाइडलाइन १/२ महीनामै आउँछ र कार्यान्वयन हुन्छ,’ उनले भने, ‘ट्रान्सफर प्राइसिङ प्रणाली विकास गर्नुको एकमात्र कारण नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीको वास्तविक कारोबारको हिसाब राख्नु हो ।’  ‘ट्रान्सफर प्राइसिङ’ कर प्रशासनले हेर्न थालेपछि त्यस्ता प्रबन्धहरू स्वत: न्यूनीकरण हुँदै जाने र त्यस्ता कम्पनीले सही विवरण एवं लगत राख्ने विभागको विश्वास छ । चालू आर्थिक वर्षको बजेटमा यसै वर्षबाट ‘ट्रान्सफर प्राइसिङ’ नीति लागू उल्लेख छ । कर अधिकारीहरूका अनुसार गुगल, फेसबुक लगायतले नेपालबाहिरबाटै कारोबार गरिरहेका छन् । तिनीहरू ‘ट्रान्सफर प्राइसिङ’ निगरानीमा पर्दैनन् । उनीहरूलाई विद्युतीय सेवा कर र मूल्य अभिवृद्धिकर लगाएर गत वर्षदेखि करको दायरामा ल्याइएको छ । उनीहरूको छुट्टै नाफानोक्सान हिसाबमा नेपालको कर प्रशासनले कर लगाउन मिल्दैन ।  उनीहरूलाई २ प्रतिशत सेवा कर र १३ प्रतिशत मूल्य अभिवृद्धिकर गतवर्षदेखि लगाइएको छ । अहिले १०/१२ ओटा यस्ता कम्पनी करको दायरामा आइसकेका छन् । नेपालमा विद्युतीय सेवा कारोबार गर्ने नौ अन्तरराष्ट्रिय कम्पनीले करीब ९ करोड रुपैयाँ कर भुक्तानी गरिसकेका छन् । आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका ती अन्तरराष्ट्रिय कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७९/८० मा मात्रै मूल्य अभिवृद्धिकर शीर्षकमा उक्त रकम बुझाएका हुन् । यस्ता कम्पनी करमा दर्ता हुने क्रम बढिरहेको छ । नेपाल सरकारले गतवर्ष गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धिकरसम्बन्धी कार्यविधि जारी गर्दै कर भुक्तान गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसलगत्तै त्यस्ता कम्पनी दर्ता भएका थिए ।  नब्बेको दशकमा ‘ट्रान्सफर प्राइसिङ’को अभ्यास व्यापक थियो । एमाजन, एप्पल, गूगल, स्टारबक्ससहित कैयौं अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले लामो समयसम्म विश्वभर कमाएको नाफामा तिर्नुपर्ने करलाई सकेसम्म थोरै बनाउन नाफाजति ‘ट्रान्सफर प्राइसिङ’कै उपाय अपनाएर ‘ट्याक्स हेभन’ देशतिर सारे । अमेरिका, बेलायतलगायत कैयौं देशले यसको चर्को विरोध गर्न थाले । ‘ट्रान्सफर प्राइसिङ’कै सहाराले नाफा सारेको पुष्टि भएपछि यीमध्ये अधिकांश कम्पनीलाई अर्बौं डलर जरिवाना तिराइयोे ।

सम्बन्धित सामग्री

बलयवासमा रेडियो निगरानी खुल्ने

सर्लाही । पुरानो बजार बयलवासमा पनि रेडियो सञ्चालनमा आउने पक्का भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकाकै पहिलो रेडियोको रुपमा रेडियो निगरानी १०७ मेगाहर्ज सञ्चालनमा ल्याउने भएको हो । रेडियो सञ्चालनका लागि उक्त मिडियाले शुक्रवार नगरपालिका कार्यालयबाट ईजाजत पत्र समेत प्राप्त गरेको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले रेडियो सञ्चालनको लागि निगरानी मिडिया […] The post बलयवासमा रेडियो निगरानी खुल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन आयोगले सञ्चारमाध्यमको पनि निगरानी गर्ने

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यमको निगरानी गर्ने भएको छ । आन्तरिक प्रयोजनका लागि निगरानी गर्ने आयोगको निर्णय छ । तर, निगरानीका क्रममा संचारमाध्यमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम गर्न कारवाही गर्न र कारबाही गरिएको जानकारी आयोगलाई गराउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिने पनि आयोगको […]

अख्तियारद्वारा विशेष निगरानी

काठमाडौं । सरकारी कार्यालयमा भ्रष्टाचार बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोखिमयुक्त कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाएको छ । अख्तियारका अनुसार प्राप्त उजुरीका आधारमा गतभन्दा यो वर्ष भ्रष्टाचारक्रम केही बढेको छ । भ्रष्टाचार दर बढेसँगै विभिन्न सरकारी कार्यालयमा विशेष निगरानी (इन्टेलिजेन्स) टोली परिचालन तीव्र बनाइएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारका […] The post अख्तियारद्वारा विशेष निगरानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

उच्च पदस्थमाथि निगरानी बढाइँदै, बैङ्क खाता निगरानी गर्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सबै उच्च पदस्थ अधिकारीको बैङ्क खाता निगरानी गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो। बैङ्क तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाता निगरानी […]

इरानले आफ्नो न्युक्लियर साइटबाट हटायो संयुक्त राष्ट्रका दुई निगरानी–क्यामरा

इरानले संयुक्त राष्ट्रसंघका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । समाचार एजेन्सी एपीका अनुसार यी दुई क्यामेरा इरानको एक आणविक स्थलको निगरानी गर्न लगाइएको थियो ।राज्य सञ्चालित समाचार एजेन्सीले बुधबार रिपोर्ट गरे अनुसार इरानले संयुक्त राष्ट्रको आणविक निगरानी संस्थाका दुईवटा निगरानी क्यामेरा बन्द गरेको छ । यी क्यामेराहरूले इरानको आणविक स्थलको निगरानी गरिरहेका थिए ।यद्यपि, प्रतिवेदनले साइटको स्पष्ट रूपमा पहिचान नगरेको भए पनि, यो हप्ताको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बैठकमा पश्चिमी देशहरूले

पैसा बाँड्ने आशंकामा एक अर्काको निगरानी

जाजरकोट : कर्णालीका अधिकांश जिल्लामा मतदातालाई प्रभावित बनाउन पैसा बाँडिरहेको सूचना सार्वजनिक भएलगत्तै उम्मेदवारहरूले एकले अर्काको निगरानी गर्न थालेका छन्।उम्मेदवारले आ-आफ्ना युवालाई विपक्षी उम्मेदवारको निगरानी गर्न लगाउन थालेका छन्। टिम बनाएर टोलैपिच्छे गस्तीदेखि नाकाहरूमा युवा परिचालन गरिएको छ। जाजरकोट, रुकुम पश्चिम, डोल्पा, हुम्ला, सुर्खेत, दैलेख र कालीकोटमा युवाहरूलाई परिचालन गरी एकले अर्कालाई निगरानी गरिरहेका छन्।यस्तो निगरानीको नाममा द्वन्द्व बढ्ने आशंका मतदाताले गरेका छन्। गाउँगाउँमा मतदा

राजस्व छल्नेमाथि उच्च निगरानी

काठमाडौं । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ । नक्कली भ्याट बिल बनाउने दुई जनाविरुद्ध १९ करोड ३४ लाखको मुद्दा यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने […] The post राजस्व छल्नेमाथि उच्च निगरानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए […]

पत्रकारमाथि निगरानी प्रणाली ?

के चीनको हेनान प्रान्तले पत्रकारमाथि निगरानी प्रणाली विकास गर्न खोजेको हो ? बिबिसीले हेनान प्रान्तमा फेस स्क्यानिङ प्रविधिमार्फत पत्रकारहरूको निगरानी राख्न खोजिएको भन्दै रिपोर्ट प्रकाशित गरेको छ ।  स्रोतहरूलाई उद्धृत गर्दै...

निरन्तर निगरानी

यो विषाणुको संक्रमण रोक्ने उपाय भनेको अहिल्यैदेखि निगरानी व्यवस्थालाई सुदृढ तुल्याउनु हो। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट हामीले जे सिक्यौँ, त्यसलाई फेरि सम्झना गर्दै अगाडिका दिनको तयारी नगर्ने हो भने हामी फेरि संकटमा पर्नेछौँ।...