धनगढी : सुदूरपश्चिम प्रदेशसभामा मंसिर ४ को निर्वाचनबाट नेपाली कांग्रेस ठूलो दल बनेको छ।२०७४ सालको निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित १९ सिट पाएर पहिलो बनेको हो। सुदूरपश्चिममा ४ वर्ष प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस गत चैत २५ मा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी भएको थियो।निर्वाचनको अन्तिम मत परिणाम आए पनि नयाँ सरकार गठन प्रक्रिया अघि नबढेकाले हाल माओवादीका त्रिलोचन भट्ट नेतृत्वको सरकारले काम गरिरहेको छ।