अफगानिस्तानबाट नेपाली भन्छन्– सरकारले चाँडो उद्धार गरोस्

सबैलाई थाहा छ, अफगानिस्तानको विमानस्थलमा अहिले के भइरहेको छ, त्यसले विदेशीहरूलाई लैजान जहाजहरू आउन सजिलो भएको

सम्बन्धित सामग्री

अफगानिस्तानबाट नेपाली उद्दार जारी : हालसम्म आठ सय ६० जनाको उद्दार

काठमाडौं । सरकारले अफगानिस्तानबाट हालसम्म आठ सय ६० जनाको उद्दार गरिएको छ । उद्दार गरिएका सबै नेपाली स्वदेश आइसकेका छन् । परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई उद्दार गरि स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ । काबुलमा उद्दार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित […]

थप ८ नेपाली काबुलबाट प्रस्थान, ३४ जनाको अवस्था के छ ?

सरकारले अफगानिस्तानबाट नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको जनाएको छ ।  परराष्ट्र मन्त्रालयले उद्दार हुने क्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान गरेको र उद्दार उडानको पर्खाईमा अरु ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको  मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।  उनीहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि जनाइएको छ। अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरु आफै वा परिवारजनले ...

अफगानिस्तानबाट थप ११२ नेपाली फर्किए

अफगानिस्तानबाट नेपाली नागरिकहरू स्वदेश फर्कने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरी ११२ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ७७० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन् । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको ...

५०४  नेपाली नागरिकको अफगानिस्तानबाट उद्धार

अफगानिस्तानबाट नेपाली नागरिकहरूको उद्दार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  आज टर्किस एयर तथा  जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स

अफगानिस्तानबाट नेपाली उद्धार गर्न सरकारको ‘अलआउट’ रणनीति

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न ‘अलआउट’ रणनीति तयार गरी काम थालेको छ । स्वदेश र विदेशमा रहेका नेपालीसँग सरोकार राख्ने सबै नियोग र दूतावासहरूसँग सहयोग र सहकार्य गरी जतिसक्दो छिटो नेपालीहरूलाई उद्धार गर्ने योजना नै ‘अलआउट’ रणनीति हो ।

अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य सुरु

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ ।सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले उक्त समितिमा गृह मन्त्र

द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली फर्काउँदै सरकार

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनेका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले उक्त समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतवारदेखि नै काम थालेको छ । ‘समितिको उद्देश्य के छ भने कदाचित् हामीले कसैलाई हामी आफैंले उद्धार गरेर ल्याउनुपर्‍यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो,’ उनले भने । अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए । नेपालीहरू अफगानिस्तानको सदरमुकाममा काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनको भनाइ छ । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आबद्ध रहेका नेपालीहरू स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरूसँग सम्पर्कमा रहेको पनि उनले जानकारी दिए । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने, जहाँबाट भए पनि आफ्नो अवस्थाबारे जानकारी गराउन अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक ओटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने सचिव पौड्यालको भनाइ छ । तालिवानले अफगानिस्तानका सबैजसो मुख्य शहर कब्जामा लिएको छ । आइतवारसम्म तालिवानीहरू राजधानी काबुल पनि प्रवेश गरेको समाचार संस्था एशोसिएट प्रेस (एपी) ले जनाएको छ । उनीहरूले यसअघि नै अरू मुख्य शहर कब्जामा लिइसकेका थिए । त्यहाँको स्थिति तनावग्रस्त भएपछि विभिन्न मुलुकहरूले आफ्ना नागरिकको उद्धार तीव्र पारेका छन् । अमेरिका, बेलायत, जर्मनी भारतलगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका बेला नेपाललाई समेत आफ्ना नागरिक उद्धार गर्न दबाब परेको हो । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आइतवारको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले उद्धारका लागि छिटो प्रभावकारी कदम चाल्न अनुरोध गरे । उनले नेपालीहरूको ज्यान जोगाउन विद्रोही तालिवानी सरकारसँग वार्ता अघि बढाउन सुझाव दिए । उनले भने, ‘त्यहाँ पुगेका नागरिकको सुरक्षाका लागि हामीले उद्धारसँगै तालिवानीहरूसँग पनि वार्ता अघि बढाउने हो कि ?’ एमाले सांसद भीम रावलले नेपालीहरूलाई छिटोभन्दा छिटो अफगानिस्तान छाड्न आह्वान गर्न सुझाव दिए । ‘नेपालीलाई छिटो अफगानिस्तान छोड्न भनौं । अरू देशले आ≈वान गरिसके, रावलले थप भने, ‘हामी आफैले पनि उद्धारका लागि पहल थालौं । अरू देशको भरमा नपरौं । आफ्ना नागरिक ल्याऔं ।’ यसैबीच, समितिले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले सकेसम्म नेपाल आपैmले जहाज पठाएर ल्याउन त्यति नभए सुरक्षित अरू देशमा भने पनि स्थानान्तरण गर्न निर्देशन दिइन् । सभापति खरेलले भनिन्, ‘नेपालमै ल्याएर हुन्छ वा नजिकैका अरू पाकिस्तानजस्ता देशसम्म ल्याएर हुन्छ जसरी पनि नेपालीलाई सुरक्षित बनाउने कामलाई तीव्रता दिनू ।’ यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सरकारको सम्पर्कमा आउनु सूचना जारी गरेको छ । त्यहाँ फसेका नेपालीको विवरण संकलन गर्न अनलाइन रजिस्टे«शन पनि खुला गरेको छ ।

अफगानिस्तानबाट नेपाली फर्काउन कार्यदल गठन, विवरण संकलन सुरु

काठमाडौँ - विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेपछि समस्यामा परेका नेपालीलाई अफगानिस्तानबाट स्वदेश फर्काउन सरकारले कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्‍चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र अफगानिस्तान…

अफगानिस्तानबाट नेपाली फर्काउन कार्यदल गठन, विवरण संकलन सुरु

काठमाडौँ - विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेपछि समस्यामा परेका नेपालीलाई अफगानिस्तानबाट स्वदेश फर्काउन सरकारले कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्‍चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र अफगानिस्तान…