सरकारले अफगानिस्तानबाट नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले उद्दार हुने क्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान गरेको र उद्दार उडानको पर्खाईमा अरु ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि जनाइएको छ।
अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरु आफै वा परिवारजनले ...