इलाममा रुख ढाल्ने क्रममा एक पुरुषको मृत्यु, ३ जना नियन्त्रणमा

रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्त

सम्बन्धित सामग्री

मोरङमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा तीन जना पुरुषको मृत्यु भएको छ।

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए ।बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

निजगढ विमानस्थल बन्छःजनार्दन शर्मा

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थल बन्नेमा ढुक्क रहन बताएका छन्। एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको छ। एक हजारको नक्कली नेपाली नोट सहित ३ जना पक्राउ परेका छन्। गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु हुन पुगेको छ र नेपालमा थप १६ जनामा कोरोना पुष्टि हुँदा ९ जना निको भएका छन्।

मोरङमा एकै दिन ४ जनाको मृत्यु

मोरङमा एकै दिन मंगलबार ४ जना पुरुषको मृत्यु भएको छ। विराटनगरमा ३ जना र बेलबारीमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

कोरोनाका कारण बागमतीमा थप ११ को मृत्यु

बागमती प्रदेशमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेशका ५ जिल्लामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनमा ३ जना पुरुष र एक महिला गरि ४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।त्यस्तै डा. सेढाईँका अनुसार काठमाडौंका ३ जना पुरुष, दोलखा, काभ्रे र ललितपुरका एक÷

हेटौंडा अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप ३ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा ३ जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का ५० वर्षका पुरुष, राकसिराङ गाउँपालिका वडा नम्बर–१ का ८२ वर्षका पुरुष र सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–५ का ८६ वर्षका पुरुष रहेका छन् ।&nb

काठमाडौंमा ९ सहित कोरानाबाट थप २७ को मृत्यु

कोरोना संक्रमणका कारण  बागमती प्रदेशमा थप २७ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको हो ।   सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ९ जनाको मत्यु भएको छ । यसैगरी ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १÷१ जनाको मृत्यु भएको छ ।  यो बागमती प्रदेशमा  कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

उदयपुरमा ५ पुरुषको मृत्यु

यसअघि ४ जनाको ज्यान गएको थियो। योसहित मृतक संख्या उदयपुरमा ६ महिलासहित २३ पुगेको छ। त्रियुगामा १४, कटारी र चौदण्डीगढीमा ३÷३ जना, उदयपुरगढीमा २ र बेलकामा १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए।...

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्यु

धनगढी । कञ्चनपुरमा सोमबार तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको हो । भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका–१० का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । यसअघि कञ्चनपुरमा आइतबार राति दुई जना संक्रमितको मृत्यु भएको […]

२४ घण्टामा हेटौंडामा ३ जना संक्रमितको मृत्यु

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ। सोमवार बिहान साढे ९ बजे संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। संक्रमणबाट महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई ६ दिनअघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो।…