शिक्षा र संस्कार सिकाउन नवनिर्वाचित प्रमुखलाई सुझाव

कर्णाली । जुम्लाका आठवटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरूलाई शिक्षा र संस्कारमा जोड सुझाव दिइएको छ । नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई शपथग्रहण गर्न शुक्रवार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बधाई दिँदै शिक्षा र संस्कारमा जोड दिन सुझाएका छन् । प्रजिअ प्रसाईंले सभ्य समाज निर्माण गर्न शिक्षा र संस्कार महत्त्वपूर्ण कुरा भएको बताए । उनले गुठीचौर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर बुढालाई युवाहरूलाई संस्कार सिकाउन, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँलाई तातोपानी धारामा महिलालाई स्वतन्त्रपूर्वक नुहाउने वातावरण निर्माण गर्न सुझाव दिए । प्रसाईंले युवाहरूलाई शान्ति र मेलमिलापबाट हरेक काम सफल र सम्पन्न हुन्छन् बन्ने बुझाउन आवश्यक रहेको आग्रह गर्दै भने, ‘जुम्लाको शिक्षाको अवस्था निकै खस्किँदो छ । चिट चोरेर पास हुने गलत प्रवृत्तिको विकास भएको पाइएकाले यसमा व्यापक सुधार ल्याउन सबै क्षेत्रको त्यत्तिकै भूमिका रहनुपर्दछ ।’ यसको नेतृत्व भने चन्दननाथ नगरपालिकाका नवनिर्वाचित प्रमुखलाई गर्न उनले आग्रह गरे । त्यस्तै हिमा र सिंजा गाउँपालिकाका अध्यक्षहरूलाई सिंजा क्षेत्र प्रवेशद्वारको सडक स्तरोन्नति ध्यान दिन, कनकासुन्दरी गाउँपालिकाका अध्यक्षलाई कनकासुन्दरी मन्दिरसम्म बाह्य पर्यटक सहजै पुग्ने पुल तथा बाटो निर्माण गर्न, पातारासी तथा तिला गाउँपालिकाका अध्यक्षलाई बालविवाहमुक्त पालिका बनाउनेतर्फ विशेष ध्यान दिन प्रसाईंले सुझाव दिए । चन्दननाथ नगरका नगरप्रमुख राजुसिंह कठायत, पातारासी, गुठीचौर, तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष क्रमश: पूर्णसिंह बोहोरा, दानबहादुर बुढा, नन्दप्रसाद चौलागाईं, मोतीलाल रोकाय, लक्ष्मण शाही, पूर्णप्रसाद धिताल र दामोदर आचार्यले आआफ्नो पालिकामा भएका बेथिति हटाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र सरसफाइलगायतका क्षेत्रमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे । रासस

सम्बन्धित सामग्री

रोङको ‘अभिभावक शिक्षा’ : जहाँ पढ्छन् छाेराछाेरीसँगै आमाबुबा

काठमाडौँ : आफ्नो छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र शिक्षकको मात्रै होइन, अभिभावकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ। जन्म दिएपछि हुर्काउने, पढाउने र उच्च संस्कार दिन अभिभावकको ठूलो भूमिका रहन्छ। यही जिम्मेवारी पूरा गर्दै जाँदा कतिपय अभिभावक शिक्षा लिनबाट वञ्चित भए, काेही भइरहेकै छन्। केही स्थानीय सरकारले विद्यार्थीहरूसँगै अभिभावकलाई शिक्षा दिएका छन्। इलामको रोङ गाउँपालिकाले अहिले ‘अभिभावक शिक्षा’ ल्याएको छ। जहाँ अभिभावक पनि विद

प्रअ र शिक्षक इमानदार भए उत्कृष्ट शिक्षा सम्भव

विद्यालयमा स्तरीय भौतिक पूर्वाधारका साथै सबैमा असल संस्कार, व्यवहार र अभ्यासहरू भए सार्वजनिक शिक्षा अब्बल हुने शिक्षकहरू बताउँछन्।...

बाल संस्कार केन्द्रलाई जग्गादान

झापा, १८ चैत । बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु दश लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गरेका छन् । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालका झापा अध्यक्ष शङ्कर भट्टराईले हल्दिबारीलगायत झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र देशभक्ति शिक्षा प्रदान गर्न एक गाउँ […]

विद्यार्थीलाई संस्कार सिकाउने अभियान

काठमाडौँ,१५ फागुन । धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ । विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरुको […]

संस्कार सिकाउँदै संस्कृत शिक्षा

संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ । पोखरमा चिसाखोला वेदविद्याश्रम, विन्ध्यावासिनी संस्कृत विद्यापीठ, …

संस्कार सिकाउँदै संस्कृत शिक्षा

लेखनाथ – संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ। प्राचीनकालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ। पोखरमा चिसाखोला वेदविद्याश्रम, विन्ध्यावासिनी संस्कृत विद्यापीठ, संस्कृत […]

सन्तानलाई असल शिक्षा र संस्कार दिनुपर्नेमा जाेड

काठमाडौं । पूर्वमन्त्री कान्ता भट्टराईले सबैले आफ्ना सन्तानलाई असल शिक्षा र संस्कार दिनुपर्ने बताउनुभएको छ । उहाँले धर्मशास्त्रको सुविचारयुक्त तर्क गर्न सम्पूर्ण महिला सक्षम हुनुपर्ने बताउनुभयो । राष्ट्रिय महिला ज्योतिष संघको १२ औं साधारणसभा तथा वार्षिकोत्सब समारोहमा उहाँले सबैले आ–आफ्नो कार्य पूरा गर्नुपर्ने बताउँदै नेपाल देवभुमी ऋषिभुमी रहेकाले यहाँ जन्मिनुमा गौरव गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा […]

संस्कृत शिक्षा लागू

काठमाडौँ,२६ मँसिर । महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ । नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताए । नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय […]

प्याब्सनको एजेन्डा सिप, संस्कार र प्रविधिसहितको शिक्षा : टिकाराम पुरी

२४ पुस, विराटनगर । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सिप संस्कार र प्रविधिसहितको शिक्षा आवश्यक रहेको बताएका छन् । प्याब्सनको ३१औं स्थापना दिवस(प्याब्सन डे)को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सिप संस्कार र प्रविधिसहितको शिक्षा आवश्यक रहेको बताएका हुन् । प्याब्सन १५औं राष्ट्रिय महाधिवेशनको तयारीमा छ । महाधिवेशनबाट सिप, संस्कार […]

कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि !

दक्ष जनशक्ति उत्पादन गर्न सरकारले लगानी गरेकै छ, तर, कर्मचारीले दुर्गम ठाउँभन्दा सुगम ठाउँ हेरेकै छ। अधिकार सँगसँगै कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि ! बच्चालाई उमेर अनुसारको संस्कार, शिक्षा र जिम्मेवारी पनि दिने हो कि ! त्यसैले, कानुनमा लेखिएका अधिकार...