एजेन्सी । चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ । चीनका राष्ट्रपति सी चिन पिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो । चीनले साउदी अरबसँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधि आदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरबको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई थप बिस्तार गर्ने विश्वास लिएको