काठमाडौँ : घरायसी कारण देखाउँदै संघीय संसद्का तत्कालीन महासचिव भरतराज गौतमले राजीनामा दिएको डेढ महिनाभन्दा बढी भइसकेको छ। पद खाली भएको लामो समयसम्म संघीय संसद्ले नयाँ महासचिव पाउन सकेको छैन। नयाँ महासचिव नियुक्तिमा सातदलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीचको राजनीतिक स्वार्थ हावी हुँदा ढिलाइ भएको स्पष्ट देखिन्छ। गौतमले आफ्नो कार्यकाल करिब ९ महिना बाँकी छँदै २४ मंसिरमा हठात् राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत हुनै नपाई भोलिपल्टै नयाँ महासचिवका लागि सभामुख देवराज घिम