काठमाडौँमा जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ

काठमाडौँ : प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २७७ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा २६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिएका छन्।खत्रीले भने, ‘आज कानुनविपरीत काम गर्ने २७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ।’यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँको