गोली लागेर कालिकोटमा म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव मानवबहादुर विकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्टिय अनुसन्धानका लक्ष्मण गुरुङ सदस्य छन् । उनीहरुलाई छानबिन गरी ७ दिनभित्र प्रतिवेदशन पेश गर्न भनिएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए।…