मास्क नलगाउनेलाई जरिवाना तिराउँदै प्रहरी

काठमाडौं। मास्क लगाएर नहिड्नेलाई प्रहरीले कारबाही गर्ने अभियानलाई तिब्रता दिएको छ। नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले देशभर नै मास्क नलगाएर हिड्नेलाई सम्झाइबुझाइ गर्ने, मास्क वितरण गर्ने र नमान्नेलाई ५० रुपैयाँसम्म जरिवारना गर्ने काम भइरहेको बताए। प्रहरीले बढी कोरोना प्रभावित जिल्लासँगै अधिकांश जिल्लामा 'तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है' अभियान चलाइएको उनले बताए।

सम्बन्धित सामग्री

पसलमा ‘१६ सेकेन्ड’ मास्क हटाउँदा २ हजार पाउण्ड जरिवाना, केस पुग्यो अदालत

बेलायतका एक व्यक्तिले पसलमा ‘१६ सेकेण्ड’ मात्रै मास्क खोल्दा उनलाई २ हजार पाउण्ड (२ लाख रुपैयाँ) जरिवाना गरिएको छ । क्रिस्टोफर नामका युवाले भनेका छन्, ‘इङ्गल्याण्डको प्रिस्कटको एक (प्रेस्कट) स्टोरमा किनमेल गर्दा माक्स लगाएका थिए, तर अस्वस्थ महसुस गरेपछि १६ सेकेन्डको लागि हटाए । यसैबीच, स्टोरमा उपस्थित एक प्रहरी अधिकारीले मास्क नलगाएको भनि नाम लेखे।’ […]

मास्क नलगाउने ५९ जनालाई जरिवाना

१० माघ, मकवनापुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कोभिड व्यस्थापन समिति मकवानपुरको आदेशविपरित मास्क नलाउने ५९ जनालाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले माघ ३ गते जारी गरेको आदेश उल्ल‌ंघन गरी हिंडडुल गर्ने उनीहरूलाई कारबाही गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी प्रवक्ता रिमालका […]

तेह्रथुममा तपाईको मास्क खै ? कार्यक्रम प्रभावकारी

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउने सर्वसाधारणलाई  एक सय जरिवाना लिँदै अभियान सञ्चालन गरेको हो । बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना

पर्सा, पुस २७ । जिल्ला प्रशासन कार्यालय पर्साले मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आजदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने बताउनु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी सेवा केन्द्रहरुसँगको सहकार्यमा आयोजना गरेको सचेतनामुलक कार्यक्रम अन्तर्गत हिजो लगभग ५ हजार जनालाई मास्क वितरण गरिएको […]

ललितपुरमा निषेधाज्ञामा हिँडडुल गर्नेलाई जरिवाना

२३ वैशाख, काठमाडौं । ललितपुरमा निषेधाज्ञाको समयमा अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ । निषेधाज्ञाको समयमा विना काम घरबाहिर निस्कने र मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउने गरेको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार बिहीबार १८० जना पुरुष र २६ जना महिला कारबाहीमा परेका छन् । निषेधाज्ञामा हिँडडुल गर्नेहरुबाट […]

महेन्द्रनगरमा मास्क प्रयोग नगरी हिँड्डुल गर्नेलाइ जरिवाना

वैशाख १४, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमवारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन सोमवार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिएको छ ।  कारबाहीस्वरुप उनीहरुबाट रू. एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना संक्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

कञ्चनपुर: मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना

पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाही स्वरुप उनीहरुबाट १८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रदेश २ मा मास्क नलगाउनेबाट एक सातामा प्रहरीले  उठायो साढे ३ लाख जरिवाना

वैशाख ४ गतेबाट ११ गतेसम्ममा मास्क नलगाउने ३ हजार ५२४ जनाबाट ३ लाख ५२ हजार ४ सय राजश्व संकलन गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।

धनगढीमा १० रुपैयाँको मास्क नलगाउँदा १०० रुपैयाँ जरिवाना !

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनानुसार कैलाली  प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका छन्।