वैशाख १४, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमवारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ ।
पहिलो दिन सोमवार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिएको छ ।
कारबाहीस्वरुप उनीहरुबाट रू. एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना संक्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।