२३ लाख ३७ हजार ५०२ ड्राइभिङ लाइसेन्स वितरण

सरकारले गत फागुनसम्म २३ लाख ३७ हजार ५०२ सवारीचालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) वितरण गरेको छ । शनिबार सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७८ फागुनसम्म २३ लाख ३७ सय ५०२ लाइसेन्स वितरण गरिएको छ । २०७८ असारसम्म २० लाख ९० हजार ८५० लाइसेन्स वितरण गरिएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप २ लाख ४६ हजार ६५२ सवारीचालक अनुमतिपत्र वितरण गरिएको छ...

सम्बन्धित सामग्री

इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम नै गलत, प्रधानमन्त्रीलाई बुझाइयो रिपोर्ट

यातायात विभागको इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम नै गलत रहेको रिपोर्ट प्रधानमन्त्रीलाई बुझाइएको छ।...

ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाउन कानुन संशोधन हुँदै

सरकारले ५ वर्षमा सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण गर्नुपर्ने व्यवस्था हटाउन लागेको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा १० वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले प्रत्येक ५-५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । ५-५...

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक हप्तामै लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले काम अघि बढाएको हो । सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले एक हप्तामै ड्राइभिङ लाइसेन्स दिने गरी काम अगाडि बढाएको जानकारी दिएका हुन्...

‘अबदेखि प्रदेशमै स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् ।मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनँले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा […]

सबै प्रदेशमा स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने व्यवस्था गर्छौं : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले सबै प्रदेशमा स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने व्यवस्था गरिने बताएका छन्। मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा...

स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन्।...

इटालीकी १०० वर्षीया वृद्धाले नवीकरण गरिन् ड्राइभिङ लाइसेन्स

इटालीकी एक जना १०० वर्षीया वृद्धाले उनको ड्राइभिङ लाइसेन्स नवीकरण गराएकी छन् । उनी पछिल्लो समय रेकर्डमा आएका १०० वर्षको उमेरमा लाइसेन्स नवीकरण गर्ने तेस्रो व्यक्ति भएकी छन् । क्यान्डिडा उडेर्जोको आखाँको परिक्षण सफल भएपछि उनलाई देशको उत्तरी प्रान्त भिसेन्जाको ड्राइभिङ स्कुलमा नयाँ ड्राइभिङ लाइसेन्स दिइएको थियो । उडेर्जोले लाइसेन्स लिएपछि पत्रकारहरुसँग बोल्दै आफूलाई आफ्नो काम आफै गर्न मन पर्ने र आफ्नो छोरामाथि भार बन्न मन नपर्ने बताएकी छन् । ‘ड्राइभिङ लाइसेन्स नवीकरण हुँदा म न

अब प्रदेश यातायात कार्यालयबाटै ड्राइभिङ लाइसेन्स पाइने

अब ड्राइभिङ लाइसेन्स प्रदेश यातायात कार्यालयबाटै पाइने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । सवारी चालक अनुमतिपत्र परीक्षण प्रणालीमा सुधार गरी आवेदन दिएको १ महिनाभित्र परीक्षा सञ्चालन गरी सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदेश यातायात कार्यालय मार्फत उपलब्ध गराउने...