बाँकेको राप्तीसोनारी–१ कुसुमस्थित सौरी गाउँमा नमुना सौरी डिपट्युवेल सिँचाइ योजना सम्पन्न भएपछि खेतीका लागि सो गाउँका बासिन्दाले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त भएको छ । पानी पाउने भएपछि कृषक खुसी भएका छन् ।
बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ ।
मकवानपुर । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका जनाएको छ । ती योजनामा रु १७ करोड ८९ […]
२२ चैत, बागमती । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित १०१ साना सिँचाइ योजना पूरा भएका छन् ।
बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा …
तनहुँ, २९ फागुन । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो । योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी […]
चैत २५, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।
छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।
सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरे । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गरे । उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रू. आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।
विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि ३६ वर्षपछि माग पूरा भएको छ । रासस
खोठाङको साकेला गाउँपालिकामा चार वटा सिँचाइ योजना पुरा भएका छन् । स्वीस विकास सहयोग, संघीय सरकार र उपभोक्ताको ७ प्रतिशत लगानीमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित रोपुवा पिपिरे सिँचाइ योजना, साकेला गाउँपालिका–२ रतन्छास्थित च्यापदामे राजकुलो र निकिते सिँचाइ योजना सम्पन्न भएको हो ।
म्याग्दीको मङ्गला गाउँपालिका –३ वरंजामा महिलाले नेतृत्व गरेको सिँचाइ योजना सम्झौता मितिभन्दा अगावै सम्पन्न भएको छ । याप्प्रे खोला तल्लो भेटिने सिँचाइ योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो ।