नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

वैशाख ९, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (बिहीवार) बैंकिङ समयसम्म रहेको छ ।  कम्पपनीले नेशनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक समूहको शेयर वैशाख ५ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।  नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता न्यूनतम मूल्य रू.४६३ र नागरिक लगानी कोषको न्यूनतम रू. १ हजार ४५५ तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  दुवै कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।   विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली काठमाडौं, शाखा कार्यालयहरु विराटनगर-३ मोरङ, आर्दशनगर वीरगञ्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतबाट बालपत्र पेश गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

बाल अस्पताल बनाउन नेशनल लाइफ इन्स्योरेन्सले दियो २५ लाख

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. र काठमाडौँ इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थबीच सोमबार एक सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधीन २ सय बेड क्षमताको गैह्र नाफामूलक बालअस्पताल निर्माण परियोजनाका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलव्ध गराउन सम्झौता भएको हो […]

नेशनल लाइफका अभिकर्तालाई घलेगाउँ भ्रमण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई घलेगाउँ भ्रमण गराएको छ।

अब क्यूआरबाटै नेशनल लाइफको बीमाशुल्क भुक्तानी गर्न सकिने

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै शाखामार्फत फोनपे नेटवर्कमा आबद्ध वित्तीय संस्था र ईसेवाको माध्यमबाट क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक...

नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। कम्पनीको काठमाडौँस्थित केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो।

नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३५ औं वर्ष पुरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडाैंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा […]

नेशनल लाइफ इन्स्योरेन्स: टप टायर कम्पनीमा नाफा आकर्षक, कम्पनीको सेयर मूल्य घट्दो

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड(एनएलआईसीएल)नेपालको जीवन बीमा इन्डष्ट्रीको शीर्ष तीन खेलाडीहरू मध्ये एक हो। प्रिमियम कलेक्सन अनुसार इन्डष्ट्रीमा

खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

काठमाडौँ – खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याएको छ। उक्त सुविधामा १० प्रतिशत क्यास ब्याकको अफरसमेत खल्तीले सार्वजनिक गरेको छ। समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्न पर्ने स्थितिको विचार पुर्‍याउँदै ल्याइएको उक्त सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने विश्वास गरिएको छ। प्रयोगकर्ताले १० […]

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमा दावी भुक्तानी

सिरहा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिरहाको लहान स्थित शाखाले २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ ।सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको घातक रोग दावी रकम २५ लाख उनको भतिज गोविन्द अग्रवाललाई विमाङ्क रकम वापत भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।शकुन्तला कुमारी पोद्दारले मिती २०७६ असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।

नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री नियुक्त

काठमाडौँ /  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सिइओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।  गत पुस ३ गतेदेखि कामु सिइओको रूपमा कार्यरत खत्री