काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ।
कम्पनीको काठमाडौँस्थित केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो।