जेठ ५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गर्न नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशन संस्थाबीच बिहीवार सम्झौता भएको छ ।
इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ र सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्ष अवधिको लागि इन्स्योरेन्सले प्रत्येक वर्ष रू. २० लाख आर्थिक सहयोग गर्नेछ ।
समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे ।
इन्स्योरेन्सको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरु देखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउँदै सामूदायिक अस्पताल सञ्चालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरे ।
इन्स्योरेन्सको यस सहयोगबाट १५ शय्याको सामूदायिक अस्पतालको सञ्चालन भइ उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने विश्वास गरिएको छ ।