नागार्जुनको रानीवनमा अक्सिजनसहितको ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालन

१० जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा ३०० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको अगुवाइमा आइतबारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो । अक्सिजन ब्याकअपसहितको आइसोलेसन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सरकारी भवनमा सञ्चालन गरिएको नेता पौडेलले बताए । नागार्जुन नगरपालिकाले समन्वय गरेको आइसोलेसन केन्द्रमा सर्वाङ्ग अस्पतालको […]

सम्बन्धित सामग्री

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका

बेनी अस्पतालमा २० शय्याको आइसोलेसन केन्द्र सञ्चालन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थासहित २० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेर अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणाधीन भवनमा आइतवारदेखि आइसोलेसन सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरी २० लाख रुपैयाँ लागतमा आइसोलेसन केन्द्र तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरीद गरेका शय्या प्रयोगमा ल्याइएको छ । कोरोना संक्रमित थपिदै जाँदा उपचार सहज बनाउन अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन गरिएको अध्यक्ष कटुवालले बताए । उनका अनुसार निर्माणाधीन भवनको तल्लो तल्लामा रहेका ५ कोठालाई व्यवस्थापन गरेर आइसोलेसन तयार पारिएको हो । अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट बिरामीको बेडसम्म पाइपबाट अक्सिजन पुर्‍याउने तयारी गरिएको छ । होम आइसोलेसनमा बसेका बिरामीमा श्वासप्रश्वास सम्बन्धी र अन्य समस्या देखिएर अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको कटुवालले बताए । उनका अनुसार आइतवार ७ ओटा शøयाबाट सेवा सञ्चालन गरिए पनि अन्य शय्या समेत तयारी अवस्थामा छन् । आइसोलेसन कक्षको भौतिक संरचना व्यवस्थापन र मर्मतका लागि बेनी नगरपालिकाले डीसीसीएमसीको सिफारिशमा ६ लाख ३७ हजार रुपैयाँ सहयोग गरेको छ । आइसोलेसनबाट अस्पतालको आकस्मिक कक्ष नजिक रहेकाले संक्रमित बिरामीको निगरानी र उपचारका लागि स्वास्थ्यकर्मीलाई समेत सहज हुने बताइएको छ । आइसोलेसन केन्द्रमा ‘हाई फ्लो’ अक्सिजन चाहिने बिरामी, श्वासप्रश्वासमा समस्या भएका र अन्य संक्रमतिलाई छुट्टाछुट्टै राखिनेछ । कोरोनाका बिरामी होम आइसोलेसन बसेको अवस्थामा स्वास्थ्यमा समस्या आएपछि धमाधम अस्पतालमा भर्ना हुन थालेकाले हाल आकस्मिक कक्ष र ओपीडीको प्रवेशद्वारमा शøया राखेर उपचार भइरहेको छ । सक्रिय संक्रमित उपचारका लागि बेनी अस्पतालमा पुग्ने गरेका छन् । तीमध्ये अधिकांशमा अक्सिजनको मात्रा कम र निमोनियाको समस्या रहेको पाइएको चिकित्सकले बताएका छन् ।

महानगरद्वारा आइसोलेसन केन्द्र सञ्चालन

कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले छुट्टै सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।दिनानुदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि उपचारमा सहजताका निम्ति महानगरपालिकाले आइसोलेसन केन्द्रहरू विस्तार गर्दै लगेको छ । पछिल्लो समय महानगरले वडा नम्बर १ ट्टाचोकमा रहेको आरआर एन भवनमा ५१ […]

इटहरीमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन

सुनसरी (अस) । कोरोना संक्रमित बढ्दै गएपछि इटहरीमा अक्सिजनको व्यवस्थासहित ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । इटहरी उपमहानगरपालिकाले ६ शøयाको कोभिड अस्पतालसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । पुरुषका लागि ३० शøया र महिलाका लागि २० शøयाका छुट्टाछुट्टै ब्लकमा आइसोलेसन सञ्चालन गरिएको जानकारी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले दिए । आइसोलेसन केन्द्रमा चौबीसै घण्टा स्वास्थ्यकर्मी उपलब्ध रहने उपप्रमुख लक्ष्मी गौतमले बताइन् । कोभिड संक्रमितलाई स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिम गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोङले आइसोलेसन व्यवस्थित रहेको दाबी गरे । बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी सहित एम्बुलेन्समार्फत अन्य अस्पताल लगिने उनले बताए । इटहरी–९ रंगशालामा गतवर्ष पनि आइसोलेसन सञ्चालन गरिएको थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी र वाइफाइको समेत सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले गर्नेछ ।

तुलसीपुरमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन

दाङ । कोरोना संक्रमितका लागि दाङको तुलसीपुरमा ५० शøयाको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमवार राति ११ बजेदेखि आइसोलेसन सञ्चालनमा ल्याएको नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढ्दै गएको र जिल्लाका कोरोना अस्पतालमा बिरामीले उपचारका लागि शय्या अभाव भएपछि छोटो समयमै उक्त क्षमताको आइसोलेसन केन्द्र तयारी पारेर सञ्चालनमा ल्याइएको नगरप्रमुख पाण्डेयले बताए । आइसोलेसन सञ्चालनमा आएसँगै संक्रमित बिरामीहरू आउन शुरू भएको छ । पहिलो दिनमै दुईजना संक्रमित भर्ना भएर उपचार शुरू गरिएको उनले बताए । आइसोलेसन केन्द्रलाई थप व्यवस्थित गर्दै लगिने उनको भनाइ छ । संक्रमितको संख्या बढ्दै गएपछि बेल्झुण्डीस्थित प्रदेश कोरोना विशेष अस्पताल र घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड अभाव हुन थालेको छ । यस्तो बेला ५० बेडको आइसोलेसन सञ्चालनमा आएकाले उपचारमा केही सहज हुने अपेक्षा गरिएको छ ।

अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन सञ्चालनमा

काठमाडौं। काठमाडौंको बसुन्धरामा यसै सातादेखि अक्सिजन थेरापी सुविधासहितको आइसोलेसन केन्द्र सञ्चालनको तयारी भएको छ। नेपाली सेनाले सञ्चालन गर्न लागेको आइसोलेसन तत्काल८८ शय्या हुनेछ। आवश्यकताअनुसार दुईसय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ। राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो।

काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउँछौं : उपप्रधानमन्त्री पोखरेल

२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गर्ने बताएका छन् । वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले काठमाडौंका ठूला भवनलाई आइसोलेसन केन्द्र बनाउने बताएका हुन् । काठमाडौं उपलब्ध ठूला भवनलाई आइसोलेसन […]