धमिलो पानी पिउनुपर्ने बाध्यता

सिमकोट – कर्णाली नदी छेउछाउका होटल व्यवसायी र पैदल यात्रुु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन्। स्वच्छ खानेपानीको व्यवस्था नहुँदा अन्य विकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुुपर्ने बाध्यता आइलागेको हो। पैदल यात्रुुले दक्षिणी हुम्लाको कर्णाली नदीको छेउछाउमा पैदल यात्रा गर्दा धमिलो पानी पिउनुुपर्ने बाध्यता रहेको बताए। असारको बेला गर्मी धेरै […]

सम्बन्धित सामग्री

भेरीको धमिलो पानी खान बाध्य नाम्रावासी

सल्यान : वर्षा होस् या अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी खानुपर्ने बाध्यता छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रावासीका लागि खानेपानी भनेकै भेरीमा बग्ने पानी हो।तीन वर्षअघि निर्मित खानेपानी योजना बिग्रिएपछि नाम्राका ६० भन्दा बढी घरधुरीले भेरीको पानी उपभोग गर्दै आएका छन्।खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा च्यापिएको, ठाउँठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको मनिराम वि.क.को भनाइ छ।कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्

होटेल व्यवसायी र पैदल यात्रुु धमिलो पानी खान बाध्य

कर्णाली नदी छेउछाउका होटेल व्यवसायी र पैदल यात्रुु बर्खाको कर्णाली नदीको धमिलो पानी पिउन बाध्य हुँदै आएका छन् । स्वच्छ खानेपानीको ब्यवस्था नहुँदा अन्य बिकल्प नभएपछि कर्णाली नदीको धमिलो पानी खानुु पर्ने बाध्यता आई लागेको हो ।

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।

बुटवलको ‘मेलम्ची’ २६ वर्षदेखि अलपत्र

सिद्धार्थनगर, जेठ १९ । हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ । झुम्सा खानेपानी आयोजनामार्फत यो समस्या समाधान गर्ने वाचा वि सं २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला–साना नेताबाट गर्ने गरिएको […]

मालेगाउँमा पानीको अभाव : चर्पी भए पनि खुला ठाउँमै दिसापिसाब गर्न बाध्य

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१ मालेगाउँमा पिउने पानीको समस्या भएको छ ।  वर्षायाममा आकासे पानी संकलन गरेर र अन्य समयमा खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरूले झण्डै डेढ घण्टा हिँडेर खोलाको पानी बोकेर खानुपर्ने बाध्यता छ । मालेगाउँवासीले हिउँद र गर्मीयाममा पानीको अभाव झेल्दै आएका छन् ।  पाँच वर्षअघि घोराही उपमहानगरपालिका वडा नम्बर–१ र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सोलार प्रणालीबाट लिफ्टमार्फत पानी ल्याएर केही महिना उपभ...

अब बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य हुने

सल्यान- सल्यानको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण सुरुआत गरिएको छ । आयोजना निर्माणसँगै सो क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षौदेखि बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयले बस्ती नजिकै रहेको सो नदीको फोहर पानी प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा धमिलो पानी प्रयोग गर्ने गरेको स्थानीय […]

इखेनीलाई भेरीको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

‘सहजताका लागि भन्दा पनि हामीलाई इखेनीमा सजायका लागि राखिएको जस्तो लाग्थ्यो,’ स्थानीय वर्षा विकले भनिन्, ‘सडक, बत्ती, खानेपानी, सिँचाइ केही नभएको ठाउँमा १६ वर्ष कसरी कटायौं होला?’...

अब बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य

सल्यानको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण सुरुआत गरिएको छ । आयोजना निर्माणसँगै सो क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षौँदेखि बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयले बस्ती नजिकै रहेको सो नदीको फोहर पानी प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा धमिलो पानी प्रयोग गर्ने गरेको स्थानीय वीरबल बुढाले जानकारी दिए ।      मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत बस्तीमा ठूला खानेपानी आयोजना...

एक घण्टा हिँडेर खोलाको पानी

नाम्खा गाउँपालिका–५ तुम्कोटका स्थानीय एक घण्टा हिँडेर तुम्कोट खोलाको धमिलो पानी ल्याएर उपभोग गर्न बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरूलाई एक घण्टा हिँडेर खोलाको पानी ल्याइ पिउनुपर्ने बाध्यता भएको हो ।

फुङ्लिङ बजारमा धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका बासिन्दा हिजोआज धमिलो पानी उपभोग गर्न बाध्य बनेका छन्। निरन्तरको वर्षाका कारण फुङ्लिङ बजारमा सञ्चालनमा रहेको देवीखोला खानेपानी योजनाको पानी धमिलो आउन थालेपछि यहाँका बासिन्दा सोही पानी उपभोग गर्न बाध्य बनेका हुन्।