सल्यान : वर्षा होस् या अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी खानुपर्ने बाध्यता छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रावासीका लागि खानेपानी भनेकै भेरीमा बग्ने पानी हो।तीन वर्षअघि निर्मित खानेपानी योजना बिग्रिएपछि नाम्राका ६० भन्दा बढी घरधुरीले भेरीको पानी उपभोग गर्दै आएका छन्।खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा च्यापिएको, ठाउँठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको मनिराम वि.क.को भनाइ छ।कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्