हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा भरुवा बन्दुक पड्किँदा एकजना घाइते भएका छन्।वडा नम्बर ३ कटुसघारीमा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा ४२ वर्षीय माइते लामा घाइते भएको प्रहरीले बताएको छ। बाँदर धपाउने क्रममा बन्दुक पड्किँदा लामा घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। लामालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी निरीक्षक दासले बताए। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।