सल्यानको त्रिवेणीमा किसान सूचीकरण अभियान

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा किसान सूचीकरण अभियान सुरु गरिएको छ । वास्तविक किसानको पहिचान गरेर राज्यबाट पाउने सेवा–सुविधाको पहुँच बढाउन सहयोग पु¥याउने उद्देश्यले त्रिवेणी गाउँपालिकाले किसान सूचीकरण अभियान सुरु गरेको हो । गाउँपालिकाका ६ वटै वडामा गणक परिचालन गरेर किसान सूचीकरण गर्न थालिएको छ । गाउँपालिकाभित्रका सबै किसानको सूचीकरण गर्ने लक्ष्य रहेकामा यो वर्ष २ हजार ४ सय किसानलाई सूचीकरण गरिनेछ । अहिले गाउँपालिकाभित्रका ४ सय ६७ जना किसानको तथ्यांक संकलन गरेर अनलाइनमार्फत अध्यावधिक गर्ने काम सकिएको गाउँपालिकाको पशु शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । किसान सूचीकरणपछि किसानलाई १३ अंकको राष्ट्रिय किसान परिचयपत्र प्रदान गरिने उनले बताए । अभियानलाई गाउँपालिकाले कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणको महत्वपूर्ण प्रयासका रूपमा हेरेको उनको भनाइ छ । कृषि क्षेत्रलाई सम्मानित पेसाका रूपमा रुपान्तरण गर्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।‘गाउँपालिकामा भर्ना गरेका गणकले किसानको तथ्यांक संकलन गरेर अनलाइनमा अध्यावधिक गराइरहेका छन् । त्यसपछि गाउँपालिकाले किसानको विवरण प्रमाणित गर्छ । त्यसको विवरण प्रदेश र केन्द्रमा एकैसाथ जान्छ । यसले किसानको वास्तविक अवस्था पत्ता लाग्नेछ,’ उनले भने । सरकारलाई आगामी योजना तयार पार्न र किसानमैत्री कार्यक्रम सञ्चालन गर्न यसबाट मद्दत पुग्ने उनको भनाइ छ । गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले कृषिलाई आम्दानीमूलक पेसामा रुपान्तरण गर्न यसले सहयोग पुग्ने बताए । किसान व्यावसायिक र अर्गानिक उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए । निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्नसमेत सूचीकरणले सहयोग पुग्नेछ । ‘यसले वास्तविक किसानको पहिचान गर्छ र राज्यबाट पाउने सेवा–सुविधाको पहुँच बढाउँछ’, उनले भने । कृषिको व्यावसायिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्न गाउँपालिकाले ध्यान केन्द्रित गरेको डाँगीले जानकारी दिए । सरकारले देशभरका सबै स्थानीय तहमा किसान सूचीकरण अभियान सुरु गर्ने घोषणा गरे पनि जिल्लाका अरू स्थानिय तहमा सुरु हुन सकेको छैन । बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख हिरादेवी रोकायाले कोरोनाका कारण किसान सूचीकरण कार्य सञ्चालन गर्न नसकिएको बताइन् ।

सम्बन्धित सामग्री

सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ । गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरूलाई तालिम दिइएको हो ।

किसान सूचीकरण गर्दै ताराखोला

बागलुङ (अस) । बागलुङको ताराखोला गाउँपालिकाले किसानको सूचीकरण थालेको छ । गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरेर गाउँपालिकाले वास्तविक किसानको विवरण लिन थालेको हो । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को उपदफा ९१० कार्यान्वयनका लागि किसानको सूचीकरण थालिएको हो ।      किसानको पहिचान गरी सरकारीस्तरबाट उपलब्ध गराइने सेवा– सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न सूचीकरण थालिएको हो । सबै किसानको पहुँचमा यो अभियान पुर्‍याउन वडास्तरमा शिविर सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । शिविरमा किसानको आवश्यक विवरण विद्युतीय प्रणालीमार्फत संकलन गरी सूचीकृत गरिने हुँदा हरेकपटक कृषिका कार्यक्रम सञ्चालन गर्दा सहजता हुने कृषि शाखा प्रमुख कर्णखर भट्टराईले बताए । संघ, प्रदेश र स्थानीय तीनै तहको साझेदारीमा सूचीकरणको काम हुनेछ । सूचीकरण शिविर आइतवार वडा नं ५ को धम्सराबाट शुरू भएर यही फागुन २६ गते समापन हुनेछ । रासस

वास्तविक किसानलाई सूचीकरण गर्दै त्रिवेणी गाउँपालिका

सल्यान : जिल्लाको त्रिवेणी गाउँपालिकाले किसान सूचीकरण अभियान शुरु गरेको छ। कोरोना महामारीको बीचमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै गाउँपालिकाले किसान सूचीकरण अभियान सञ्चालन गरेको हो।वास्तविक किसानको पहिचान गर्ने र राज्यबाट पाउने सेवा सुविधाको पहुँच बढाउनुका साथै किसानलाई समृद्ध बनाउन सहयोग पुर्‍याउने उद्धेश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका ६ वटै वडाहरुमा गणक परिचालन गरेर किसान सूचीकरण गर्न थालिएको गाउँपालिकाको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिए।गाउँपालिकाभि

न प्राविधिक जनशक्ति न पूर्वाधार,  प्रधानमन्त्रीलाई कार्यक्रम उद्घाटन गर्नै हतार

गत फागुन अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले ‘किसान सूचीकरण’ राष्ट्रिय अभियान सुरुवात भएको घोषणा गरे । प्रधानमन्त्री ओलीले केहीदिन अघिमात्रै ‘मेरो कित्ता’को पनि उद्घाटन गरे ।तर, यी दुवै अभियान पूरा गर्न प्राविधिक जनशक्तिदेखि पूर्वाधारसम्मको अभाव देखिएको छ । ‘किसान सूचीकरण’का लागि क...

किसान सूचीकरण राष्ट्रिय अभियान सुरु

२२ फागुन, काठमाडौं । किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात भएकाे छ । शनिबार काठमाडौंमा एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए । यस प्रणालीमार्फत […]

प्रधानमन्त्री ओलीबाट कृषक सूचीकरण अभियान शुभारम्भ

मुलुकमा पहिलोपटक किसान सूचीकरण व्यवस्थापन अभियानको शुभारम्भ गरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार राजधानीमा एक समारोहबीच सातै प्रदेशमा एकैसाथ अभियान शुरूआत भएको घोषणा गरे । समारोहको भर्चुअल विधिबाट सातै प्रदेशमा एकैसाथ प्रसारण गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अभियान कृषिको व्यवसायीकरण र आधुनिकीकरणको महत्त्वपूर्ण प्रयासका रूपमा रहेको बताए । सरकारले लिएको कृषि रणनीति कार्यान्वयनको एउटा चरण कृषक सूचीकरण अभियान रहेको उल्लेख गर्दै उनले त्यसले कृषि क्षेत्रलाई आकर्षित र सम्मानित...

किसानको सूचीकरण आजदेखि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले   किसान   सूचीकरण   राष्ट्रिय   अभियान शुभारम्भ गर्ने भएको छ। कृषि मन्त्रालयले शनिबार एक कार्यक्रममार्फत सो अभियानको  शुभारम्भ  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले गर्ने  मन्त्रालयका  प्रवक्ता  श्रीराम  घिमिरेले  जानकारी दिए ।    किसानको   सूचीकरणका   लागि   कृषि मन्त्रालयले  वेबमा  आधारित  एक  सफ्टवेयर  प्रणाली विकास गरेको र शनिबार...