डुङ्गा दुर्घटनामा मालीका २२ आप्रवासीको निधन

लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ। सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ।...

सम्बन्धित सामग्री

लिबियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु

शनिवार प्रवासी सवार डुङ्गा लिबियाको तटीय शहर जुवारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

नवलपरासीकाे सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे

नवलपरासी - नवलपरासी पश्चिम सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । नवलपरासीकाे सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेकाे नारायणी नदीको भङ्गालोमा डुङ्गा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुङ्गा दुर्घटनामा परि  सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो । दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सो...

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु

२४ असोज, काठमाडौं । नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको मृत्यु भएको छ । दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो । नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको कार्यालयले  दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको विज्ञप्तिमा जानकारी दिएको छ । ८५ जना यात्रु […]

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ७६ जनाको मृत्यु

काठमाडौं : नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ। कम्तिमा ८० जना सवार उक्त डुङ्गा अनम्ब्रा राज्यको ओगबारु क्षेत्रमा पल्टिएको थियो। मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। उनीहरु आफ्नो समुदाय बाढीको पानीले डुबानमा परेपछि सुरक्षित स्थानमा पुग्ने प्रयास गरिरहेका थिए।राष्ट्रपति मुहम्मदु बुहारीले दुःखद दुर्घटनामा पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएको

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना

काठमाडौँ,२ भदौ । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका […]

बेलायततर्फ गइरहेका २७ शरणार्थीको डुङ्गा दुर्घटनामा मृत्यु

एजेन्सी, ९ मङ्सिर। बेलायततर्फ गइरहेका २७ शरणार्थीको समुद्रमा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको छ। फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा दुर्घटना भएको हो। दुर्घटनासँगै फ्रान्स र बेलायतको उद्धार टोली उक्त क्षेत्रमा खटाइएको बुझिएको छ । फ्रान्सले उक्त डुङ्गा दुर्घटनामा सम्बन्ध रहेको हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरेको छ। बेलायती पत्रिका टाइम्सका अनुसार […]

कंगोमा डुङ्गा दुर्घटना, ४० जना बेपत्ता

२६ कात्तिक : डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ । दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य […]

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेटिएनन्, मृतकको भारतमै अन्त्येष्टि

महाकाली नदीमा  डुङ्गा दुर्घटना भएर  बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।डुङ्गा दुर्घटनामा परी मृत्यु भ

महाकालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । ब