नवलपरासी - नवलपरासी पश्चिम सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । नवलपरासीकाे सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेकाे नारायणी नदीको भङ्गालोमा डुङ्गा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुङ्गा दुर्घटनामा परि सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो । दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सो...