सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ जना शरणार्थीको ज्यान गएको छ । लेबननबाट शरणार्थी बोकेर छुटेको डुङ्गा सिरियाको समुद्री तटमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा परेका ३४ जनाको शव फेला परेको र २० जनालाई जीवितै उद्धार गरिएको सिरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उद्धार गरिएका उनीहरुको सिरियाली सहर टार्टसमा उपचार भइरहेको छ । डुङ्गामा सयभन्दा धेरै रहेको हुनसक्ने अनुमान छ ।
डुङ्गा लेबननको बन्दरगाह त्रिपोली नजिकै रहेको मिन्येहबाट छुटेको थियो । आर्थिक सङ्कट उन्मुख लेबनानबाट स्थानीय बासिन्दा तथ...