काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।
मतदान केन्द्र परेका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्नका लागि पत्रमार्फत निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिनुभयो ।
चुनावका दिन देशभर सार्वजनिक बिदा दिनका लागि आयोगले यसअघि नै सरकारलाई सिफारिस गरिसकेको छ । अहिले भर्...