दाङ : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका थिए।
दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख शेरचनले शनिबार नियुक्त भएका ७ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १/१ जना मन्त्री नियुक्त भएका छन्।
माओवादी केन्द्रबाट आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री...