अध्यक्ष भीष्मराज ढुंगानाले छोरीमार्फत गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेको छ । आईतबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको सो सेयर कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टिकरण दिएका हुन् । बैठकमा समितिका सदस्यहरुले परिवारका सदस्यहरुलाई सेयर कारोबारमा संलग्न गराएर सेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्र