काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानून बनाउनुपर्ने बताएका छन्।शुक्रवार संघीय संसद् भवनमा कुराकानी गर्दै उनले पीडित परिवारका सदस्यहरूले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले पीडित परिवार दोषीलाई माफी दिन तयार भए राष्ट्रपतिसमक्ष पुगेर माफी दिन सकिने बताए।तैपनि परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औंल्याउँदै उनले नेपाली समाजमा यसो गर्न