काठमाण्डाै - नेपाली कांग्रेसको हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन सार्नेबारे छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ ।
आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन गर्न सम्भव नदेखिएपछि संस्थापन पक्षले सार्ने प्रस्ताव गरेको छ । भदौमा वडा तहको अधिवेशन गरेर मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्नेबारे अनौपचारिक छलफल भए पनि यसबारे टुङ्गाे लाग्न सकेको छैन ।
महाधिवेशन सार्ने प्रस्तावमा रामचन्द्र पौडेल पक्षले असहमति जनाएको छ । पार्टीको वैधानिकता जोगाउन प्रक्रिया छोट्याएर भए पनि तोकिएको मितिमै महाधिवेश...