दलित वेदनामाथि पुजार सार्की

नेपाली समाजमा छुवाछुत, विभेद व्याप्त छ । धर्म, संस्कृति र परम्पराका नाममा यस्ता मानवीय संवेदनाहीन थिति पाइन्छ । यसै विषयलाई लिएर नेपाली चलचित्र बेलाबखत निर्माण हुँदै आएको छ । पछिल्लो पटक पुजार सार्कीले यही सामाजिक विषयवस्तुलाई जोडतोडसाथ उठाएको छ । नेपालमा दलित विषयमा निर्माण भएको सम्भवतः पहिलो चलचित्र हो ‘रगत’ । ‘बाटोमुनिको फूल’ ‘पण्डित बाजेको लौरी’, ‘प्रकाश’ जस्ता चलचित्रले समेत दलितको कथा, व्यथा, पीडा र वेदनालाई दर्शकसम्म पु¥याउने जमर्को गरेका थिए ।

सम्बन्धित सामग्री

समाज र शास्त्र नबुझेको ‘पुजार सार्की’

मैले दलित आन्दोलनका पहिलो योद्धा भगत सर्वजित विश्वकर्माको जन्मस्थान (बागलुङ) मा बसेर ‘पुजार सार्की’ हेरें । निर्माण पक्षको दाबी छ– यो सत्य घटनामा आधारित फिल्म हो ।

चलचित्र ‘पुजार सार्की’ हेर्न दलित आयोगको आह्वान

काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान गरेको छ । आयोगले चलचित्रका निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै ‘पुजार सार्की’ हेर्न सबैलाई आह्वान गर्ने बताएको हो । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा ‘पुजार सार्की’ सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने जनाईएको छ […]

दलित आयोगद्वारा चलचित्र 'पुजार सार्की' हेर्न आह्वान - NepaliPatra

काठमाडौँ । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’का निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ । विज्ञप्तिमा यो चलचित्रले […]

'पुजार सार्की’ को सन्देश

पुजार सार्की फिल्ममाथि रीना मोक्तानको समीक्षा तारिफयोग्य छ । उनले फिल्ममाथि गरेको चर्को आलोचनाका सन्दर्भमा म दलित अध्येता तथा अभियानकर्मीको हिसाबले के भन्छु भने दलितका विषयमा अहिलेसम्म बनेका फिल्महरूमध्ये यो उत्कृष्ट छ ।

पुजार सार्की: निदाएको दलित आन्दोलन ब्युँझाउने फिल्म

यो चलचित्र विशुद्ध दलित समुदाय, जातीय विभेद, जातपात, छोइछिटो, अन्तर्जातीय विवाह र विद्रोहमा आधारित छ । र सम्भवतः ठूलो पर्दामा यो मुद्दालाई प्रमुख बनाएर निर्माण गरिएको यो नै पहिलो चलचित्र होला ।

पुजार सार्की : दलित आन्दोलन बिउँझाउने फिल्म

पुजार सार्की; त्यो पनि दलित उत्पीडन, अन्याय र अत्याचारलाई कथावस्तु बनाई सिनेम्याटिक भाषामा प्रस्तुत भएको एउटा अब्बल सिनेमा । ‘पुजार सार्की’ नाम आफैंमा अचम्मलाग्दो छ । पुजार हरिद्वारमा पढेका युवा पुजारी हुन् । उनकी प्रेमिका मन्दिर …

पुजार सार्कीमा दलितको कथा

जातीय विभेदको विषयवस्तु समेटिएको चलचित्र ‘पुजार सार्की’ को भिडियो प्रवर्धन सामग्री मङ्गलबार सार्वजनिक गरिएको छ । पुजार सार्कीमा दलित समुदायले पाएको दुःख, कष्ट र हन्डरलाई देख्न सकिन्छ ।

दलित आयोगमा ‘पुजार सार्की’

जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो राखेको छ । आयोगले चलचित्रका निर्माता तथा निर्देशक समूहसँग छलफल तथा स्वागत गरेको हो । चलचित्रका अभिनेतृद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीले पुजार सार्की निर्माको पृष्ठभूमिबारे आयोग पदाधिकारीलाई जानकारी गराउनुभएको थियो । चलचित्रका लेखक विकस सुवेदीले पुजार सार्की आफूले देखेको घटनामा आधारित भएर लेखिएको बताउनुभयो ।

पुजार सार्की टिम किन पुग्यो दलित आयोग ?

काठमाडौं। पुजार सार्की टिम ललितपुरको कुपण्डोलस्थित राष्ट्रिय दलित आयोग पुगेका छन् । चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएपछि यसै साता चलचित्रको टिम आयोगको कार्यालय पुगेको हो । चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम राखेको थियो । चलचित्रका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदी कार्यक्रममा उपस्थित भएका थिए । […]