काठमाडौं। पुजार सार्की टिम ललितपुरको कुपण्डोलस्थित राष्ट्रिय दलित आयोग पुगेका छन् । चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएपछि यसै साता चलचित्रको टिम आयोगको कार्यालय पुगेको हो । चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम राखेको थियो । चलचित्रका अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदी कार्यक्रममा उपस्थित भएका थिए । […]