क्वालिटी पेपर इण्डष्ट्रिज प्रालिले स्वदेशमै गुणस्तरीय कागज उत्पादन सुरु गर्ने भएको छ । २ वर्ष पहिले स्थापना भएको उद्योगले केही दिनमै कागज उत्पादन थाल्ने जनाएको छ । उद्योगका प्रवन्धक निर्देशक राजन पियाले उद्योगमा १ अर्ब लगानी भएको जानकारी दिए । “नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन प्रविधिका उपकरण जडान गरेका छौं, परीक्षण उत्पादन सफल भएको छ,” उनले भने, “केही दिनमै माग अनुसारको उत्पादन सुरु हुनेछ ।” पहिलो चरणमा प्याकेजिङ (काटुन) कागज उत्पादन हुने बताए ।