काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुगेका छन्। उनलाई सभामुख अग्निप्रसाद सापकोटालगायतको टोलीले विमानस्थल पुगेर स्वागत गरेको हो। सभामुख सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका लीले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्न कार्यसूची छ।वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ। सभामुख सापकोटाले नेता ली तथा चिनिँया