गुल्मी – नागरिकको सेवा प्रवाह कार्यालयबाटै हुनुपर्छ भन्ने छैन । जनप्रतिनिधिले नागरिकको गुनासो सुन्न र उनीहरूलाई सहजै सेवा प्रवाह गर्न कहिलेकाहीँ घर–आँगनसम्म पनि पुग्नुपर्छ ।
यस्तै अभ्यास गर्दै छ गुल्मीको गुल्मीदरबार गाउँपालिका । जहाँ नागरिक त्यहाँ सेवा भन्ने मान्यतालाई आत्मसात् गर्दै गुल्मीदरबारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा प्रवाह गर्न सुरु गरेको छ । कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडावडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरूका गुनासालाई समेत त्यही...