काठमाण्डाै - गएराति सिन्धुपाल्चोकको चौतारा, जिरी, नुवाकोट, जाजरकोट लगायत ठाउँमा ठूलो पानी परेको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्य खालको वर्षा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भने प्रदेश-२ बाहेकका ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज दिउँसाे वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताउनुभयो । यस्तै, राति गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा पानी पर्ने छ ।
अहिले देशका धेरै ठाउ...