काठमाण्डाै – सरकारले निलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेकाे छ ।आज सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजाे आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै निलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले माथिल्लो फावाखोला जलविद्युत् आ...