काठमाण्डाै – काठमाण्डाै उपत्यकामा केही दिनदेखि धुलो र प्रदूषणले आकाश ढाकिँदा मौसम खुल्न सकेको छैन । गर्मी बढेसँगै धेरै हावा नचलेको र वायुमण्डलमा भएको धुलोका कणहरू सतहमा झार्ने गरी पानी पनि नपरेका कारण उपत्यका धुलो र प्रदूषणले ढाकिएको वातावरण विभागले जनाएको छ ।
अहिले उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६८ पुगेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थकर मानिन्छ । वायुमण्डल नै प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । हावामा हुने दुई दशमलव पाँच माइक्रोनभन्दा स...