मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो ।
म्याग्दी– मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय […]
म्याग्दी : पछिल्ला तीन वर्षयता धौलागिरि क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणको क्रम तीव्र भएपछि यस क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। वैदेशिक रोजगारी र कला संस्कृतिले सम्पन्न यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटक पनि आकर्षित भएका छन्। यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलको क्षेत्र भनेर पनि चिनिन थालेको छ।साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकको अवधिमा दुई
स्रोत परिचालन र नीति अभावले कर्णालीमा अपेक्षाकृत राजस्व उठ्न सकेको छैन । गिट्टी बालुवा उत्खनन्को ठोस नीति नबन्नु, पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण नहुनु, उद्योग कलकारखाना नहुनु, करको दायरा नबढ्नु र कर शिक्षाको कमीले अथाह सम्भावना भएर पनि कर्णालीमा राजस्व संकलन निकै न्युन हुने गरेको छ । नीति अभावले सम्भावना भएर पनि लाभ लिन नसकेको कर्णाली […]
इलाम । आन्तरिक पर्यटनको गन्तव्य इलामको पर्यटकीय क्षेत्र अन्तुमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । चाडबाडका साथै पर्यटकीय सिजनमा ७ हजार बढी पर्यटक पुग्ने अन्तु क्षेत्रमा शौर्दयकरणसँगै पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो । चाडबाड भित्रिए संगै मौसम पनि खुलेको छ । घाम लागे संगै बर्खा भरि हिल्लामे सडकपनि यो सुख्खा बनेका छन् भने यो संगै […]
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब रु ३० लाखको लागतमा पदमार्ग, सत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेक पर्यटकीय गन्तव्य बनेको हो ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । ऐतिहासिकस्थल संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणसँगै स्थानीयवासी पनि प्रचारप्रसारमा जुटेका छन् ।
बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ बनाएको छ ।
नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत विकास योजना अघि सारिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख पद्म बडुवालका अनुसार नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ ।
...