पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गरे । महानगरपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए ।डा.शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए । प्रतिष्ठानका उपकुलपति डा.