जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेछन् । जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ । संयुक्त राष्ट्