घोराहीमा जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु

घोराही उपमहानगरपालिका १७ करौतिडाँडामा जैविक (गल्ने) फोहोरबाट ग्याँस उत्पादन कार्यक्रमको शनिबार औपचारिक रुपमा उदघाटन गरिएको छ । दुई बिघा १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन कार्यको नगरप्रमुख नरुलाल चौधरीले उदघाटन गर्नुभयो ।

सम्बन्धित सामग्री

फोहोरबाट मल र ग्याँस उत्पादन गरिंदै

४ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा  सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्याँस’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको देव तालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहोरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरेको हो । प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै […]

पाँच महिना अघि उद्घाटन भएको वायो ग्याँस प्लान्टबाट उत्पादन अझै सुरु भएन

२०७८ चैत १९ गते घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले वायो ग्याँस प्लान्ट उद्घाटन गरे । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको समयमा वायो ग्याँस उद्घाटन भयो । तर उद्घाटन हुँदा ग्याँस उत्पादन भएकै थिएन ।घोराही उपहानगरपालिका मेयर नरुलाल चौधरी दोस्रो कार्यकालका लागि पुनः नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका थिए । ग्याँस उत्पादनको उद्घाटन ५ महिना बितिसक्दासम्म पनि वायो ग्याँस प्लान्ट निर्माण, उत्पादन, वितरण तथा सञ्चालनको जिम्मा लिएको नेपाल ऊर्जा विकास कम्पनीले ग्याँस उत्पादन तथा वितरण ग

दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने

दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए ।उनका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहोरबाट ऊर्जाअन्तर्ग

फोहोरबाट निस्किँदै मोहोर, वैशाखबाटै घरघरमा ग्याँस

नेपालमै पहिलोपटक जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गर्रागाउँमा दुई बिगाह १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन सुरु गरिएको छ । नेपाल उर्जा विकास कम्पनी प्रालिले बायो ग्याँस उत्पादन गर्न थालेको हो ।

दाङमा सुरु भयो फोहोरबाट ग्याँस उत्पादन

२६ माघ, दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा […]