पाँच महिना अघि उद्घाटन भएको वायो ग्याँस प्लान्टबाट उत्पादन अझै सुरु भएन

 २०७८ चैत १९ गते घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले वायो ग्याँस प्लान्ट उद्घाटन गरे । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको समयमा वायो ग्याँस उद्घाटन भयो । तर उद्घाटन हुँदा ग्याँस उत्पादन भएकै थिएन ।घोराही उपहानगरपालिका मेयर नरुलाल चौधरी दोस्रो कार्यकालका लागि पुनः नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका थिए । ग्याँस उत्पादनको उद्घाटन ५ महिना बितिसक्दासम्म पनि वायो ग्याँस प्लान्ट निर्माण, उत्पादन, वितरण तथा सञ्चालनको जिम्मा लिएको नेपाल ऊर्जा विकास कम्पनीले ग्याँस उत्पादन तथा वितरण ग